© २०२३
गुजरात, २७ माघ ।
कुखुरा कि अण्डा पहिला आयो भन्ने पुरानो बहसका साथै अब एक नयाँ प्रश्न उठेको छ— कुखुरा जनावर हो कि चरा? यो विषय सामाजिक सञ्जालमा बारम्बार चर्चित हुने गर्छ, र यस विषयमा गुजरात उच्च अदालतमा मुद्दा दायर गरिएको थियो।
भारतको गुजरात उच्च अदालतमा याचिका दायर गरेर कुखुरालाई जनावरको श्रेणीमा राख्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठाइएको थियो। यस मुद्दामा अदालतमा सुनुवाइ भएको थियो, जहाँ यस विषयमा विभिन्न पक्षहरूबाट तर्क प्रस्तुत गरिएका थिए।
कुखुरा र कुखुरी दुवैका पखेटा भएका कारण प्रायः यी चराको वर्गमा राखिन्छन्। तर, अदालतमा कुखुरा जनावर हो कि चरा भन्ने सवाल उठेपछि बहसको दिशा बदलिएको हो। यस प्रश्नमा अदालतले के भन्यो र विज्ञानले यस विषयमा के तर्क प्रस्तुत गरेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ।
एनिमल वेलफेयर फाउन्डेसन र अहिंसा महासंघले सन् २०२३ मा याचिका दायर गरेका थिए, जसमा कुखुरालाई पसलमा काट्न प्रतिबन्ध लगाउन र वधशालामा मात्र कुखुरा मार्न अनुमति दिनु भनिएको थियो। अदालतको सुनुवाइ पछि, न्यायाधीश एनवी अन्जारिया र न्यायाधीश निरल मेहताले कुखुरा जनावरको श्रेणीमा पर्छ भन्ने निर्णय गरेका छन्। सरकारी वकिल मनिषा लवकुमारले कुखुरा ऐन अनुसार कुखुरालाई पशु मानिएको स्पष्ट पारिन्।
गुजरात सरकारले पनि यस विषयमा स्पष्ट जवाफ दिएको थियो। सरकारको भनाइ अनुसार, खाद्य र सुरक्षा मापदण्ड ऐन अन्तर्गत कुखुरा चरा होइन, पशु मानिन्छ। यसैले कुखुरालाई जनावरको श्रेणीमा राख्न सकिन्छ र कानूनी दृष्टिकोणले यसमा कुनै उल्लंघन छैन।वैज्ञानिक दृष्टिकोणबाट कुखुरा वास्तवमा जनावर र चरा दुवै हो। कुखुरालाई जनावरको राज्य “एनिमेलिया” अन्तर्गत वर्गीकृत गरिएको छ, जसमा जीवित प्राणीहरूको अधिकांश भाग समावेश गरिएको छ। तर, कुखुरालाई “एभियस” नामक श्रेणीमा पनि राखिएको छ, जुन पखेटा भएका र अण्डा दिने चराहरूको वर्ग हो। यसरी, कुखुरा सामान्यतया एक प्रकारको जनावर मानिन्छ।
कुखुरालाई वैज्ञानिक र कानूनी दृष्टिकोणबाट जनावर मानिने निष्कर्षमा अदालत पुगेको छ। यस निर्णयले कुखुरालाई जनावरको श्रेणीमा राख्नुपर्ने आधारलाई मजबुत बनाएको छ। यद्यपि, कुखुरालाई चरा वा जनावरको वर्गमा राख्नुको सन्दर्भमा अझै बहस जारी रहन सक्छ।