ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

शंकर पोखरेलले भनेः ‘राजधानी पटक पटक तोकिदैन’

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

दाङ, २६ कात्तिक ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशको राजधानी पटक पटक तोक्न नमिल्ने बताएका छन् । उनले को व्यक्तिले के बोल्छन, त्यसको अर्थ समेत नभएको बताए ।

दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका पोखरेलले शनिबार आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । ‘संविधानले प्रदेशको राजधानी एक पटक तोक्ने व्यवस्था गरेको छ । त्यो अनुरुप लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकामा तोक्ने काम प्रदेशसभाले गरिसकेको छ’, घोराही उपमहानगपालिकाका बिभिन्न वडामा शनिवार भएको कार्यक्रममा महासचिव पोख्रेलले भने, ‘ तोकेको राजधानीलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’

कस्ले के भन्छ त्यसको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् । उनले राजधानी कार्यान्वयनको लागि आफू मुख्यमन्त्री भएको बेला योजनाहरु अघि सारेको समेत बताए । ‘हामीले राजधानी कार्यान्वयनको लागि योजना ल्याएका थियौ । तर गठबन्धन सरकारले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन’ महासचिव पोख्रेलले भने ।

२०७४ सालमा दाङ क्षेत्र नं २(१) का प्रदेशसभा सदस्यमा निर्वाचित भएर मुख्यमन्त्री बनेका पोख्रेलले चौतर्फी प्रतिकूलताबीच प्रदेश राजधानी बुटवलबाट दाङ सार्न सफल भएका थिए । संघीय सरकारले तोकेका ७ वटा प्रदेशका अस्थायी राजधानीमध्ये ६ वटा साविककै स्थानमा रहेका बखत पोखरेलले मात्रै राजधानी गृहजिल्ला सार्न सकेका थिए ।

‘राजधानी कार्यान्वयनको लागि सहरीकरणसँगै पूर्वाधारका धेरै योजना ल्याएका थियौ’ उनले भने, ‘तर गठबन्धन सरकार निर्माण भएपछि कार्यान्वयनमा विलम्ब भएको छ ।’ उनले राजधानीको विषय कुनै मजाकको विषय नभएको समेत बताए । मतदाता भेटघाटमा उम्मेदवार पोख्रेलले जिल्लाको विकासको लागि योग्य उम्मेवारलाई चुनाव जिताउन अनुरोध समेत गरे ।

‘प्रतिकुलताका बीचमा पनि प्रदेश राजधानी जिल्लामा ल्याउनेदेखि अन्य विकासका आधार खडा गरेका छौ’ उनले भने ‘त्यो भएर निर्वाचनमा मतदाताले योग्य र काम गर्न सक्नेलाई छनौट गर्नु पर्छ ।’ निर्वाचनको मिति नजिकिएसंगै महासचिव पोखरेलले भेटघाटको कार्याक्रमलाई तीव्र पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?