ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन

युवा नेता गैरेको उम्मेदवारीले मतदाता उत्साहित

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

पाल्पा, २६ कात्तिक ।

पाल्पा क्षेत्र नं २ मा युवा नेता ठाकुर गैरेको उम्मेदवारीले मतदातामा उत्साह देखिएको छ । एमालेबाट यस पटक प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई उम्मेदवार बनाइएको छ । नेता गैरेलाई उम्मेदवारको रुपमा पाउँदा पाल्पाली मतदाताहरु उत्साही भएका हुन् । नेपाली राजनीतिक तथा सामाजिक आन्दोलनमा लामो समय बिताएका गैरेले यसअघि कुनै संसदीय निर्वाचनमा मौका पाएका थिएनन् । क्रियाशील राजनीतिक जीवनको ३२ वर्ष पछि उनी पहिलोपटक उम्मेदवार बनेका हुन् । यसकारण पनि पाल्पालीहरुले यसपटकको निर्वाचनमा ठाकुर गैरेलाई नै महत्व दिएका छन् ।

गैरे शुक्रवार तिनाउँ गाउँपालिका ६ मस्यामका मतदाताहरुसँग भेटघाटमा व्यस्त रहे । मतदाताहरुले यस पटक पाल्पामा ठाकुर गैरेको कुनै विकल्प नरहेको बताए । यसअघि एउटै व्यक्तिले पटक पटक मौका पाउँदा पनि पाल्पाले खास विकासको महसुस गर्न नपाएको भन्दै यसपटक गैरेलाई मत दिई बिजयी गराउने मतदाताहरुले बताएका छन् । गैरे उम्मेदवार भएपछि क्षेत्र नं. २ मा मात्रै १ हजार बढी युवाहरु अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरिसकेका छन् भने दैनिक रुपमा पार्टी प्रवेश गर्नेहरु बढ्दै गएको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए ।

सिद्धबाबा सुरुङ मार्ग, बुटवल र पोखरा सडकखण्डको दूरी कम गर्ने, छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नति, आवश्यक स्थानमा पुल निर्माण जस्ता विकासको अगुवाई गर्न युवा नेता गैरेलाई संसदमा निर्वाचित गराएर पठाउनु पर्दछ भन्ने जनमत पाल्पामा बढ्दै गएको छ ।

कृषिमा बजेट वृद्धि र बजारीकरण, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग जस्ता सडकको स्तरवृद्धि आफ्नो प्राथमिकता रहेको गैरेले बताए । युवाहरुलाई उद्यमशीलतातर्फ जोड्न, बालबालिका, युवा, महिला, दलित, जेष्ठ नागरीक, अपाङ्ग, एकल महिला लगायतको हकहितको रक्षा आदिवासी जनजातिकोपहिचान गर्न संस्कृतिको संरक्षण गर्न, तानसेन–बुटवल सडकलाई स्तरोन्नति गर्न, कालीगण्डकी करिडोरको राम्दी रिडी सडक निर्माण दु्रत गतिमा गर्न, रुरु मोक्ष सरोवर, माण्डव्य सरोवर निर्माण गरी आयमुखी पर्यटन परियोजना सञ्चालन गर्न, पाल्पाका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार विकास गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाए ।

व्यवसायमुखी कृषि तथा पशु उद्यमशीलताको सुरुवात गर्न ठूलो परियोजना सञ्चालन गर्दै बजार सुनिश्चित गर्न, बाँदर दुम्सी, बदेललगायत बन्यजन्तुको उचित व्यवस्थापन गरी किसानलाई सहयोग पु¥याउन, चीन र भारत जोड्ने कोरोला मार्गलाई पाल्पा हुँदै निर्माण गर्न पहल गर्ने उनले बताए ।

पाल्पालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नको लागि प्राविधिक विश्वविद्यालयको स्थापना गर्न, स्वास्थ्य बिमा प्रभावकारी बनाई सबै नागरीकलाई स्वास्थ्य बिमामा समेट्ने, ग्रामीण क्षेत्रको विद्युत सेवा प्रभावकारी बनाउने, मोवाइल नटिप्ने ठाउँहरुमा दुरसञ्चार सेवा प्रभावकारी बनाउने, माडी चक्रपथको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने, पाल्पामा उत्पादन भएका सबै कृषि उपजहरुलाई बाह्य निकासीको ब्यवस्था मिलाउने, विदेशबाट फर्केका युवाहरुलाई आर्थिक विकासका लागि उद्यममा जोडने उनको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?