ट्रेंडिंग:

>> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै
गुल्मी क्षेत्र नं. २

झाँक्रीले रोक्लिन् त विष्ट ?

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

गुल्मी, २६ कात्तिक ।

गुल्मीमा दुई संघीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवर बताउँछिन् ।

क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार नौ सय चार छन् र (२) मा ५२ हजार चार सय २३ छन् । गत स्थानीय तहको निर्वाचनबाट तीन स्थानीय तहमा नेपाली कांग्रेस र दुई स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) र एक स्थानीय तहमा नेकपा (एमाले) ले नेतृत्व गरेको छ । रेसुङ्गाको प्रमुख र उपप्रमुख, इस्माको अध्यक्ष र उपाध्यक्ष, मदानेको अध्यक्ष र मालिकाको उपाध्यक्ष कांग्रेसले जितेको छ ।

मालिका र धुर्कोटको अध्यक्ष माओवादी जितेको छ । मुसीकोटको प्रमुख र उपप्रमुख, मदानेको उपाध्यक्ष र धुर्कोटको उपाध्यक्ष एमालेले जितेको थियो । यहाँ कुल ४३ वडा छन् । कांँग्रेसले २५, एमालेले १७ र माओवादीले एक जितेको थियो । सत्तारुढ गठबन्धनका २६ र एमालेका १७ छन् ।

यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा कांँग्रेससहितको गठबन्धनको ३२ हजार दुई सय २७ मत छ । एमालेसहितको गठबन्धनको ३१ हजार तीन सय ६२ छ । एमाले गठबन्धनभन्दा कांँग्रेस गठबन्धन नौ सय २५ मतले अगाडि छ । यहाँ मुख्य नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदैछ ।

वडाध्यक्षले पाएको मत सुरक्षित गर्न सकेमा कांँग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जीत निकाल्न सहज छ । उनलाई वडाध्यक्षमा सत्तारुढ गठबन्धनका दलले पाएको मत सुरक्षित राख्न निकै चुनौती छ । एमालेसँगको असन्तुष्ट समूहलाई आफूतिर तान्नसक्ने पनि झाँक्रीलाई अवसर छ । कांँग्रेसका तल्लो तहका मतदाताले पनि आफ्नो चुनाव चिह्नलाई भुलेर गठबन्धनको भूमिका निर्वाह गरेमा झाँक्रीले यस क्षेत्रमा एमालेको विरासत तोड्न सक्नेछिन् ।

विष्टलाई एमालेले वडाध्यक्षमा पाएको मत सुरक्षित राख्दै गठबन्धनमा भएका दलको मत तान्न आवश्यक छ । जुन सम्भव नहुन पनि सक्छ । अघिल्लो संघीय निर्वाचनमा माओवादीको साथ पाएर निकै सहज जीत निकालेका उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।

एमालेबाट छुट्टिएर समाजवादीमा गई उम्मेदवार बनेकी झाँक्रीलाई एमालेको मत जाने वा नजाने भन्नेमा पनि भर पर्दछ । पहिलेका सहयात्री झाँक्री र विष्ट अहिलेका मुख्य प्रतिस्पर्धी हुँदा मतदाताले कसलाई बढी रूचाउलान् भन्ने निकै कौतुहलताका साथ हेरिएको छ । झाँक्री र विष्टको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ ।

यस क्षेत्रको प्रदेशसभा (१) मा कांँग्रेसहितको गठबन्धनको १६ हजार ६७ मत छ । एमालेसहितका दलको १५ हजार आठ सय ८२ छ । जहाँ एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक सय ८५ मतले अगाडि छ । यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसालबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मुसीकोट, इस्मा र रेसुङ्गाका ६ वडा पर्दछन् । यहाँ २१ वडा छन् । कांग्रेसले १२ र एमालेले नौ वडा जितेको छ ।

यहाँ कांग्रेसका श्रेष्ठ उम्मेदवार रहेकोले कांग्रेसले वडाध्यक्षमा पाएको मत बचाउन सके मात्र जीत सहज छ । यो सानो प्रयासले हुँदैन । एमालेका भुसाललाई आफ्नो दलले वडाध्यक्षमा पाएको मत सुरक्षित गर्दै सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ । जुन त्यति सहज छैन । यहाँ श्रेष्ठ र भुसालबीचको प्रतिस्पर्धा निकै चाखलाग्दो हुनेछ । अघिल्लो पटक रेसुङ्गाको प्रमुखमा उनै भुसालसँग हार बेहोरेका श्रेष्ठ अहिले त्यसको बदला लिने दाउमा छन् । भुसाल अघिल्लो जीतलाई आत्मबलका रूपमा लिएका छन् ।

यस क्षेत्रको प्रदेशसभा (२) मा कांग्रससहितको गठबन्धनको १६ हजार दुई सय २० मत छ । एमालेसहितक दलको १५ हजार आठ सय ४० छ । एमालेसहितको भन्दा कांग्रेससहितको गठबन्धन तीन सय ८० ले अगाडि छ । यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीका बुद्धि जिसी र एमालेबाट दिनेश पन्थीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मालिका, मदाने र धुर्कोट पर्दछन् । यहाँ २२ वडा छन् । कांग्रेसका १३, एमालेका आठ र माओवादीको एक वडा छ । कांग्रेससहितको गठबन्धनका १४ र एमालेसहितको दलका आठ वडाध्यक्ष छन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत कायम रहेमा जिसीलाई जीत निकाल्न सहज छ । नेकपा एमालेका पन्थीलाई वडाध्यक्षमा पाएको मत सुरक्षित गरेर सत्तारुढ दलमा गएको मतसमेत तान्न आवश्यक छ । पन्थीलाई चुनौती बन्नसक्छ ।

खानेपानी माग्छन् जनता

यस क्षेत्र नागरिकले अझै पनि घरमै खानेपानीको माग गरिरहेका छन् । मदाने–६ की पवित्रा विकले आफूहरू एक घण्टा टाढाबाट पानी बोकेर खानुपर्ने अवस्था रहेको गुनासो गरेकी छन् । “बिहानै ५ बजे उठेर एक घण्टा टाढा थाम्कामा पानी बोक्न जाने मेरो दैनिकी हो”, उनले भनिन् । उनीसँगै थाम्काका ६ घरपरिवारमा यो समस्या छ । यस क्षेत्रमा अझै खानेपानी, सडक र स्वास्थ्य लगायतको निकै समस्या छ । यस क्षेत्रका नागरिकले आफूहरूलाई मत राख्नका लागि कसैले नसिकाएको गुनासो गरेका छन् । “मलाई मत बदर हुन्छ कि भन्ने चिन्ता छ”, मदानेका दुर्गाबहादुर कुँवरले भने, “मत कसरी राख्नेसम्बन्धी कसैले शिक्षा दिएन, सिकाए हुन्थ्यो”, उनी भन्छन् ।
सोही स्थानका २० वर्षीय निरज नेपालीले पनि आफू पहिलोपटक मतदान गर्न लागेको भन्दै केही जानकारी नभएको गुनासो गर्छन् । उनले गाउँगाउँमा मतदाता शिक्षाको अभाव भएकाले मतदाता शिक्षा आवश्यक रहेको बताए । निर्वाचन कार्यालयले तयारी अन्तिम चरणमा पु¥याएको छ । यहाँ एक लाख १५ हजार मतपत्र आइपुगेको छ । (१) मा ५९ हजार र (२) मा ६० हजार मतपत्र आएको सूचना अधिकारी मेघलाल पाण्डेले बताए । यहाँ एक सय २८ मतदान केन्द्र र ६१ मतदानस्थल छन् । (१) मा ६२ र २९ छन् । (२) मा ६६ र ३२ छन् । निर्वाचन कार्यालयले वडावडामा स्वयंसेविकामार्फत मतदाता शिक्षा दिइरहेको दाबी गरेको छ । साथै निर्वाचन अनुगमन अधिकृत छविन्द्र बेल्वासेले यहाँ आचारसंहितासम्बन्धी अनुगमन भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission