© 2026
काठमाडौं, ९ माघ ।
नेपालले आइसिसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिइन्।
नेपाल पहिलो जितको लक्ष्यमा छ। अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच रन र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो।