© २०२३
काठमाडौं।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र पेरिस जलवायु परिवर्तन सम्झौताबाट बाहिरिने निर्णय लिएका छन्। मंगलबार ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यसलाई ठूलो निर्णयका रूपमा वर्णन गरेका छन्।
ट्रम्पका अनुसार, अमेरिकाले अन्य देशहरूभन्दा बढी रकम डब्ल्यूएचओमा योगदान पुर्याउँदै आएको छ, जुन उनले अनुचित मान्छन्। उनीले विश्व स्वास्थ्य संगठनको महामारी व्यवस्थापनमा असफल भएको आरोप लगाउँदै आएका छन्।
यसै क्रममा, ट्रम्पले संयुक्त राष्ट्रसंघलाई अमेरिकाप्रति पक्षपाती व्यवहार गरेको आरोप लगाएका छन्। पेरिस जलवायु सम्झौताबाट पनि अमेरिका बाहिरिएको छ, जसको कार्यकारी आदेश पनि ट्रम्पले हस्ताक्षर गरेका छन्।
डब्ल्यूएचओ र पेरिस सम्झौताबाट बाहिरिएपछि, यस क्षेत्रका विज्ञहरूले यससँग सम्बन्धित चिन्ता व्यक्त गरेका छन्। जलवायु परिवर्तन र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगको आवश्यकता बढिरहेको समयमा ट्रम्प जीवाश्म इन्धनको उपयोगमा जोड दिँदै आएका छन्। उनले अमेरिका विभिन्न प्राकृतिक ग्याँस र तेलको स्रोतसँग सम्पन्न रहेको र यसको अधिकतम प्रयोग गर्ने बताएका छन्।
अमेरिका फेरि पनि ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बन्ने बताउँदै ट्रम्पले ‘ड्रिल बेबी ड्रिल’को नारा दिए।