Butwal Today

तालिबानको घोषणा, ‘दुइ अमेरिकी रिहा गर्दैछौं’

८ माघ २०८१, मंगलवार
अ+
अ-

काबुल, ८ माघ ।

अफगानिस्तानको तालिबान सरकारले अमेरिकासँगको बन्दी आदानप्रदान सम्झौतामा थुनिएका अमेरिकीहरूलाई रिहा गर्ने घोषणा गरेको छ।

काबुलमा रहेको तालिबान विदेश मन्त्रालयले अमेरिकी नागरिकको नाम वा कति जनालाई रिहा गरिएको बताएको छैन, तर दुई दशकअघि पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा गिरफ्तार गरिएका र क्यालिफोर्नियामा आजीवन कारावासको सजाय भोगिरहेका खान मोहम्मदको लागि साटासाट गरिएको बताएको छ।

अफगानिस्तानको इस्लामिक इमिरेट्स र संयुक्त राज्य अमेरिकाबीचको व्यापक र फलदायी वार्तापछि अमेरिकी नागरिकको रिहाइको बदलामा अफगान मुजाहिद खान मोहम्मदलाई अमेरिकी जेलबाट रिहा गर्न सहजीकरण गर्ने सम्झौता भएको थियो।

यो जानकारी अफगानिस्तानको विदेश मन्त्रालयले मंगलबार एक्समार्फत जानकारी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?