काठमाडौं ।
आईसीसी यू-१९ महिला टी२० विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ। बाँगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन मात्र बनाएको हो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ रन बनाइन्, जबकि ओपनर सावित्री धामीले १० रन बनाए। अन्य कुनै पनि खेलाडी दोहोरो अंकमा रन जोड्न सकेनन्। वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दै ३ चौका प्रहार गरिन्।
नेपाललाई अलआउट गर्न स्कटल्याण्डका माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन्। यस्तै, एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए।
नेपालले दिएको ७४ रनको लक्ष्य भने स्कटल्याण्डका लागि सहज हुनेछ भने पनि नेपालको बलिङ र क्षेत्ररक्षणले खेलको परिस्थिती परिवर्तन गर्न सक्ने संभावना छ।



