Butwal Today

आईसीसी यू-१९ टी २० महिला विश्वकप: नेपालले टस जितेर ब्याटिङ रोज्यो

७ माघ २०८१, सोमबार
अ+
अ-

 काठमाडौं ।

आईसीसी यू-१९ टी २० महिला विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्यान्ड विरुद्ध टस जितेको छ। टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन्।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङलाई टिममा समावेश गरिएको छ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले हार व्यहोरेको थियो। आजको खेल जितेर सुपर सिक्सको सम्भावना बलियो बनाउन नेपालको लक्ष्य हुनेछ।