© २०२३
वासिङ्टन डीसी ।
अमेरिकामा राष्ट्रपति निवास ह्वाइट हाउसमा आक्रमण गर्ने प्रयास गर्ने भारतीय मूलका एक युवालाई आठ वर्षको जेल सजाय सुनाइएको छ। अमेरिकी अदालतले आक्रमणको पछाडि साई वर्षित कन्डु नाम गरेका ती युवाको उद्देश्य अमेरिकी सरकारलाई उल्टाउनु र नाजी विचारधाराबाट प्रेरित तानाशाही स्थापना गर्नु रहेको बताएको छ। न्यायाधीश डब्नी एल। फ्रेडरिकले ती युवकलाई जेल सजाय सुनाउनुका साथै तीन वर्ष सुपरिवेक्षणमा रिहा गर्ने आदेश पनि दिएकी छिन्।
अदालतका कागजातहरूका अनुसार दोषी ठहरिएका २० वर्षीय युवा कन्डुला मिसौरीको सेन्ट लुइस क्षेत्रका बासिन्दा हुन्। उनी २०२३ को मे २२ को दिउँसो सेन्ट लुइसबाट विमानमा वासिङ्टन डीसी आइपुगेका थिए। साँझ ५:२० बजेतिर डलास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे अनि उनले साँझ ६:३० बजेतिर एउटा ट्रक भाडामा लिए। ट्रक लिएर उनी ह्वाइट हाउसतिर लागे। बाटोमा उनी खाना र ग्यासको लागि रोकिए। राति करिब ९:३० बजे कान्डुला वासिङ्टन डीसी पुगे र एच स्ट्रिट नर्थवेस्ट र १६ औं स्ट्रिट नर्थवेस्टको चौबाटोमा रहेको ह्वाइट हाउसको सुरक्षा गर्ने ब्यारिकेडमा ट्रक ठोक्काइदिए।
यसपछि, कान्डुलामाथि ट्रकलाई फुटपाथमा चढाए। ट्रक देखेर फुटपाथमा हिडिरहेका मानिसहरू भागाभाग गर्न थाले। यसपछि, कान्डुलाले फेरि ट्रकलाई अर्को ब्यारिकेडमा ठोक्काए, जसका कारण बिग्रिएर ट्रक रोकियो। कान्डुला ट्रकबाट बाहिर निस्के अनि आफ्नो झोलाबाट एउटा ब्यानर निकाले। त्यो ब्यानर रातो र सेतो रंगको थियो। त्यसमा नाजी स्वस्तिक थियो। ह्वाइट हाउस प्रवेश गर्ने प्रयास गरिरहँदा अमेरिकी प्रहरीले कान्डुलालाई घटनास्थलबाटै समाते।
यस घटनामा ४ हजार ३२२ डलर क्षति भएको बताइएको छ।