Butwal Today

आवास गृहदातालाई अभिनन्दन

४ माघ २०८१, शुक्रबार
अ+
अ-

कपिलवस्तु, ०४ माघ ।
घरेलु र लैङ्गिक हिंसा प्रभावित महिला र बालिकालाई आश्रय गृहको सेवा प्रदान गर्दै आएको साथी आवास गृहको स्थायी भवन निर्माणका लागी सहयोग गर्ने दाता राजी राज्यलक्ष्मी राणालाई तौलिहवामा अभिनन्दन गरिएको छ । साथी संस्थाको आयोजनामा तौलिहवामा सम्पन्न कार्यक्रममा आवास गृह निर्माणका लागी जग्गा खरिद र भवन निर्माणार्थ हाल सम्म ५० लाख रूपैयाँ सहयोग गरेकी दाता राणालाई अभिनन्दन तथा सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, साथीकी केन्द्रिय अध्यक्ष सजनी पनेरु अमात्य, संयुक्त राष्ट्र« संघिय सिड कमिटीकी सदस्य तथा साथीकी पूर्व अध्यक्ष बन्दना राणाले दाता राजी राज्यलक्ष्मी राणालाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरेर सम्मान गरेका हुन । सो अवसरमा निर्माणाधिन भवनको नामाकरण प्रभु राजी भवन साथी आवास गृह तौलिहवा कपिलवस्तु राखिएको घोषणा गरिएको ताम्रपत्र अनावरण गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले साथी संस्थाले आवास गहृको सेवा उपलब्ध गराएर सरकारको भुमिकामा सहयोग गरेको बताए । दाता राणाले नितान्त सामाजिक भावनाले प्रेरित भएर आवास गृहको जग्गा खरिद र भवन निर्माणमा गरेको सहयोगले सबैलाई मार्ग दर्शन गर्ने उनको भनाई थियो ।
आवास गृहको भवनको निर्माण पुरा नभएको हालको अवस्थामा दाता राणाबाट थप सहयोग हुनेमा उनले बिश्वास बिश्वास व्यक्त गरे । आवास गृहको सेवा जिल्लाकै आवश्यकता भएकाले स्थानिय तहबाट पनि सहयोग र सहकार्य हुने उनको भनाई थियो । समाजसेवी राणाले गरेको सहयोगका कारण आवास गृहको स्थायित्वलाई सुनिश्चित गरेको साथीकी केन्द्रिय अध्यक्ष सजनी पनेरु अमात्यले बताईन । निर्माणाधिन भवन लागि कपिलवस्तु जिल्लामा जस्तो घरेलु र लैङ्गिक हिंसा प्रभावितका लागि अति आवश्यक आवास गृहमा दाताको सहयोगको खुलेर प्रशंसा गरिन । जिल्लामा १६ बर्ष यता सञ्चालनमा रहेको आवास गृहको स्थायी संरचना नहुदाँ समस्या पर्ने गरेकोमा स्थायी आवास गृह बन्न थालेकोमा उनले खुसी व्यक्त गरिन । भवनको निर्माण पुरा भए सगै दाता राणाबाटै भवनको उदघाटन गरि संरक्षकत्व ग्रहण हुनेमा अध्यक्ष आमात्य ले बिश्वास जनाईन ।
कपिलवस्तु जिल्लामा सञ्चालनमा रहेको आवास गृह श्रोत र सुबिधाका अभाव झेल्दै आएको र जिल्लाका सबै सरोकारवालाको सुझावकै आधारमा निरन्तर सेवा प्रवाहमा लागेको संयुक्त राष्ट्र« संघिय सिड कमिटीकी सदस्य तथा साथीकी पुर्व अध्यक्ष बन्दना राणाले बताईन । उनले साथीको स्वामित्वमा निर्माणाधिन भवनको नामाकरण प्रभु राजी भवन साथी आवास गृह तौलिहवा कपिलवस्तु राखिएको स्पष्ट पारिन । अवास गृहको अधुरो संरचना निर्माणका दाताबाट थप सहयोग हुनेमा उनले बिश्वास जनाईन । जिल्लाका केहि स्थानिय तहले र कपिलवस्तु नगरपालिकाले आश्रय गृह निरन्तर सञ्चालनका लागि बिभिन्न सहयोग गर्दै आएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । उनले आगामी दिनमा पनि आवास गृहको स्थायित्वको लागि जिल्लाका पालिकाहरूले सहयोगमा तत्परता देखाउने प्रतिबद्धता जनाए ।
अहिलेको समयमा सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्य गरेर दाता राणाले प्रशंसायोग्य कार्य गरेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए । आवास गृहको निर्माणमा सबै पालिकाले सकारात्मक सहयोग गर्ने उनको भनाई थियो । स्थायी आवास गृहको सुनिश्चितताले घरेलु र लैङ्गिक हिंसा प्रभावित महिला र बालिकाको न्यायका लागि सहयोग पुग्ने प्रजिअ बिश्व प्रकाश अर्यालको भनाई थियो । दाताले आवास गृहमा लगानी गरेर पिडितका लागि न्याय खोज्ने कार्यमा ठुलो सहयोग गरेको प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले बताए । आवास गृहले सन् २००८ मा जिल्लामा सञ्चालनमा आए यता करिब २ हजार ४ सय बढि प्रभावित महिला तथा बालिकालाई आश्रयको सेवा दिएको आवास गृहकी संयोजक बिमला घिमिरेले बताईन । गैसस महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जित कुमारी बेल्बासे, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, युएनएफपीएका जिल्ला प्रतिनिधी सन्जय पण्डित, नेपाल पत्रकार महासंघ उपाध्यक्ष तथा साथीका साधारण सदस्य खग प्रसाद चापागाईले जिल्लामा स्थायी आवास गृहको अतिनै आवश्यकता रहेको बेला दाताले गरेको सहयोग प्रशंसनिय रहेको बताउदै थप सहयोग हुनेमा बिश्वस्त रहेको जनाए ।