© २०२३
बुटवल, ३ माघ। बुटवलमा सम्पन्न खेलप्रेमीहरुको भेलाले जिम्नाष्टिक संघ लुम्बिनी गठन गरेको छ । बुधबार बुटवलमा भएको भेलाबाट खेलप्रेमी प्रदीप कुमार उदयको अध्यक्षतामा १२ सदस्यिय नेपाल जिम्नाष्टिक संघ, लुम्बिनी प्रदेशको नया कार्यसमिति गठन भएको हो । संघको उपाध्यक्षमा निर्मित कसजु, महिला उपाध्यक्ष कमला शर्मा पोखरेल (मन्जु), सचिव मोहन लाल जोशी, कोषाध्यक्ष आयुष बोगटी, महिला सदस्य कदम शर्मा, सदस्य सुमन अधिकारी, मधुसूदन घिमिरे (मुनाल), झविन्द्र फुल्लेल, सचिन कुँवर, डा. जुनेद मोहम्मद, अरुन प्रधान रहेका छन ।
एक कार्यक्रमका बिच अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष तथा दीर्घ बहादुर केसी कुमार, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रतिनिधि अमृत के.सी., नेपाल जिम्नाष्टिक संघका केन्द्रिय प्रतिनिधि सन्तोष पाण्डे, टेबल टेनिस संघ रुपन्देहीका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ, क्यान रुपन्देहीका कोषाध्यक्ष निरजप्रताप खाँडले नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका छन ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रदीप कुमार उदयले जिम्नाष्टिक खेलको विकासका लागि योजनाबद्ध कार्यक्रमहरु गर्ने प्रतिवद्घता जनाए । रुपन्देही जिल्ला खेलाडीको उर्वरभुमि भएको भन्दै खेलमा योगदान दिएका खेलाडीहरुको पहिचान र सम्मानलाई विशेष प्राथमिकता दिने गरि कार्यक्रमहरु गर्ने समेत उनले बताए ।