© २०२३
काठमाडौं, ३ माघ।
नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन बनको छ।
त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले यो प्रतिष्ठित टिम प्रतियोगिता जितेको हो।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिस क्लबले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको आर्मी क्लब ७४ रनमा समेटन सफल भएको हो।
आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाएका थिए। पुलिस क्लबका सागर ढकालले ६ विकेट र ललितनारायण राजवंशीले चार विकेट लिए।
पुलिस क्लबले दोस्रो इनिङमा १३९ रन बनाएको थियो, जसपछि आर्मी क्लबले १०३ रनको लक्ष्य पाएको थियो। १३२-९ को स्थितिमा तेस्रो दिनको सुरुआत गरेको पुलिस क्लबले ७ रन थप्दा बाँकी एक विकेट गुमाउन बाध्य भयो।
पुलिस क्लबका लागि कुशल भुर्लेले ४५, दिलिप नाथले ३४, राशिद खानले १८ र अमित श्रेष्ठले १३ रन बनाएका थिए। आर्मी क्लबका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिए।