© २०२३
काठमाडौं।
बलिउड अभिनेता सैफ अली खानमाथि गए राति मुम्बईस्थित आफ्नै निवासमा चक्कु प्रहार भएको छ। यो घटना राति साढे २ बजे भएको हो।
अभिनेता खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ। घटनापछि उनलाई तुरुन्तै लीलावती अस्पताल पुर्याइएको थियो, र हाल शल्यक्रिया भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।
अस्पताल प्रशासनका अनुसार, खानमाथि ६ पटक चक्कु प्रहार गरिएको र ती मध्ये दुई घाउ गहिरो रहेको जनाइएको छ।
घटनापछि खानको टोलीले एक आधिकारिक बयान जारी गर्दै घरमा चोरीको प्रयास भएको र घरका अर्का एक कर्मचारी पनि घाइते भएको उल्लेख गरेका छन्।