© २०२३
बुटवल, २९ पुस। ३५ औं वार्षिक उत्सव को अवसरमा न्यु होराईजन बोर्डिङ स्कुलमा खेलकुद प्रतियोगिता हुने भएको छ। न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि तेस्रो जिल्ला स्तरीय स्कुल छात्रा भलिबल प्रतियोगिता २०८१ सहित बास्केटबल र टेबलटेनिस प्रतियोगिता हुने भएको हो।
सोमबार पत्रकार सम्मेलन गरि न्यु होराईजन बोर्डिङ स्कुल तथा क्लबका संरक्षक लोकनाथ उपाध्यायले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनसंगै राष्ट्रिय खेलाडी उत्पादनमा विद्यालय लागेको बताए। सरकारको ठुलो लगानी भएका विद्यालयबाट उपलब्धि नदेखिएको बेला आफुहरु प्रशिक्षक नियुक्ति गरेर नै निरन्तर लागेको उनले बताए। विद्यालयमा ४ दर्जन बढि खेलाडीलाई पुर्ण छात्रवृद्घि प्रदान गर्दै आएको समेत उनले बताए । क्लबमा हाल १७ जना खेल प्रशिक्षकहरु रहेको उनले बताए। विद्यालयबाट भलिबल खेलमा यु-१९ राष्ट्रिय टिममा सुर्य बिक, लेसमन राहदी र सागर रसाईली उत्पादन गर्न सफल भएको उनले बताए।
कार्यक्रममा भलिबल संयोजक जनक कुमार श्रेष्ठले उपाधि विजेताले नगद नगद ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए। यसैगरि उपविजेतालाई नगद २५ हजार रुपैया, तेस्रो टिमलाई नगद १५ हजार रुपैया तथा चौथो टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। माघ १ गतेदेखि ३ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ टिमहरु बिच उपाधि प्रतिस्प्रर्धा गर्ने छन। भलिबल खेल लग कम नकआउट र बेष्ट अफ फाईभको आधारमा खेलाईने उनले बताए। पहिलो संस्करणमा एभरेष्टले उपाधि चुमेको थियो। दोस्रो संस्करणमा न्यु होराईजन प्रथम भएको थियो।
यसैगरि बास्केटबलमा छात्रमा ६ र छात्रामा ४ टिम छन। बास्केटबलमा छात्रछात्रा तर्फ विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।
बिसं २०६८ सालमा स्थापना भएको क्लब विधार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने प्लेटफर्मका रुपमा खेलकुद गतिविधिलाई अगाडी बढाएको क्लबमा संस्थापक अध्यक्ष प्रकाश खनालले बताए।
कार्यक्रममा प्राडा रामकृष्ण महर्जनले शारिरिक शिक्षा तथा खेलकुद नेपाल (सोफेस) मार्फत टेबलटेनिस खेल प्रवर्घ्दनमा काम गर्दै आएको उनले बताए। सानो स्वरुपमा काठमाडौंमा शुरु गरेको खेलकुद गतिविधिलाई बिस्तारै राष्ट्रिय स्तरमा गएको उनले बताए। देशभर १० वटा होम स्कुल संचालन भईरहेको कार्यक्रम उनले बताए । न्यु होराईजन र अक्सफोर्ड दुई विधालयमा कार्यक्रम चलिरहेको उनले बताए। यसैक्रममा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता समेत संचालन हुने उनले बताए।
कार्यक्रममा क्षितिज ईन्टरनेश्नल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, न्यु होराईजनका उपप्राचार्य बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजिव श्रेष्ठ, क्लबका अध्यक्ष चेतन बहादुर उचै ठकुरीले निजि विद्यालयबाट खेल क्षेत्र अहिलेको अवस्थामा धानिएको बताए।