© २०२३
बुटवल, २८ पुस । माघे संक्रान्तिको अवसर बुटवलमा जारी प्रथम मेयर कप खुला भलिबल प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब ‘ए’ र गोलपार्क विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा मणिमुकुन्द भलिबल क्लब ‘ए’ ले ईडन बोर्डिङ स्कुललाई ३–० को सोझो सेट तथा दोस्रो क्वाटरफाईनल खेलमा गोलपार्क भलिबल क्लबले पाल्पा भलिबल एसोशिएसनलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६० हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष शेरजंग गुरुङले बताए । तृतीय हुनेले ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र र सान्त्वना हुने टिमले १५ हजार १ सय, कप मेडल प्रमाणपत्र तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तीन हजार रुपैया तथा विधागत तर्फ उत्कृष्ट ५ जना खेलाडीहरूलाई नगद १ हजार ५ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । पुस २७ देखि माघ १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्दछन ।