© २०२३
काठमाडौं, २८ पुस ।
आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ। न्युजिल्यान्ड क्रिकेट बोर्डले आइतबार मिचेल स्यान्टनरको कप्तानीमा टोली सार्वजनिक गरेको हो।
फेब्रुअरी १९ देखि मार्च ५ सम्म पाकिस्तान र युएईमा हुने च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्वकप २०२३ को शीर्ष आठ टोलीहरू भाग लिनेछन्। समूह ‘ए’ मा न्युजिल्यान्ड, पाकिस्तान, भारत र बंगलादेश रहेका छन्। न्युजिल्यान्डले प्रतियोगिताको सुरुआत १९ फेब्रुअरीमा पाकिस्तानसँग खेल्दै गर्नेछ।
सो कार्यक्रम अघि न्युजिल्यान्डले पाकिस्तान र दक्षिण अफ्रिकाविरुद्ध त्रिकोणात्मक एकदिवसीय शृंखला पनि खेल्नेछ।
न्युजिल्यान्ड टोलीमा मिचेल स्यान्टनर (कप्तान), रचिन रवीन्द्र, केन विलियमसन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डिभोन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, ड्यारिल मिचेल, विल ओ’रोर्के, ग्लेन फिलिप्स, बेन सियर्स, नाथन स्मिथ र विल योङ समावेश छन्।