ट्रेंडिंग:

>> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ? >> प्याडको विकल्प खोज्दा उद्यमी बनिन् अन्जु

आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

नयाँ अर्लिन्स, नयाँ बर्ष २०२५ को को पहिलो दिन अमेरिकाको लागि डरलाग्दो बनेर बित्यो ।  न्यू अर्लिन्समा एक फिदाइन ट्रक चालकले नयाँ वर्षको उत्सवलाई शोकमा परिणत गरिदिएका थिए ।ती ट्रक चालकले नयाँ बर्षको उत्सव मनाउने भीडमा ट्रक चलाएका थिए, जुन घटनामा परी अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ भने अन्य दर्जनौं घाइते भएका छन् । तर, आक्रमणकारी ट्रक चालकलाइ अमेरिकी सुरक्षाकर्मीले गोली हानेर मारेका छन ।

यसरी नयाँ बर्षमा उत्सब मनाइरहेका समुहमा ट्रक चलाउनेको नाम खुलेको छ, उनी हुन्–  शमसुद्दीन जब्बार ।

न्युयोर्क टाइम्ससँग कुरा गर्दै जब्बारका २४ वर्षीय भाइ अब्दुर जब्बारले भने कि उनका भाइ शमसुद्दीन जब्बार सानै उमेरमा इस्लाम धर्ममा परिणत भएका थिए। तर, शमसुद्दीनका भाइले आफ्नो भाइले गरेको कुरा इस्लामको प्रतिनिधित्व नभएको बताएका छन । अब्दुरले भने कि, ‘यो धार्मिक काम होइन तर एक प्रकारको कट्टरता भने हो।’

अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार जब्बारको ट्रकमा आइएसआईएसको झण्डा फहराइएको भेटिएको छ । समाचार अनुसार अमेरिकामा जन्मेका जब्बार पूर्व अमेरिकी सैनिक थिए । ट्रेलर पार्कमा रहेको स्थानीय मस्जिद नजिकैको उनको घरमा केही अचम्मका कुराहरु प्रहरीले फेला पारेको छ ।

उनले आफ्नै घरमा भेडा र बाख्राका लागि घर पनि बनाएका थिए । अमेरिकी अधिकारीका अनुसार ४२ वर्षीय शमसुद्दीन जब्बारले यो घटना घटाउने इभी ट्रकमा आतंकवादी संगठन आईएसआईएसको झण्डा पनि राखिएको भेटिएको थियो । यस्तो अवस्थामा अमेरिकी गुप्तचर एजेन्सीहरूले यो घटनालाई आतंकवादी हमलासँग जोडेर हेरिरहेका छन् । अनुसन्धान जारी रहेको छ ।

अमेरिकी नागरिक शमसुद्दीन जब्बार इस्लामिक स्टेटको झण्डा फहराउँदै लुइसियानामा नयाँ वर्ष मनाउने मानिसहरूमाथि सेतो फोर्ड पिकअप ट्रक लिएर दौडिएका थिए । अहिलेसम्म प्राप्त जानकारी अनुसार यसमा १५ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन, जसको उपचार जारी रहेको छ ।

प्रख्यात बोरबोन स्ट्रिट नजिकैको भयानक आक्रमणमा धेरै व्यक्तिहरू घाइते भएका अधिकारीहरूले भने, ‘यो घटनाले शहरलाई स्तब्ध बनाएको छ, जसले हलचल भएको फ्रान्सेली क्वार्टरमा सुरक्षा उपायहरू उठाउँदैछ।’

भीडमा ट्रक जोते पछि जब्बारले पनि जवाफी गोली चलाएका थिए । यस क्रममा दुई प्रहरी घाइते भएको बताइएको छ । अमेरिकी प्रहरीले जवाफी कारबाहीमा जब्बारको मृत्यु भएको छ । अमेरिकी प्रहरीका अनुसार यो आत्मघाती हमला हो । खासमा, जब्बारले सकेसम्म धेरैलाई मार्ने प्रयास स्वरूप भीडमा ट्रक जोतेका थिए ।

अमेरिकी अधिकारीका अनुसार उनले सो ट्रक सेयरिङ एप टुरोबाट भाडामा लिएका थिए । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले अहिले यो घटनालाई आतंकवादी हमलासँग जोडेर अनुसन्धान गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जब्बारले आफ्नो आईएसआईएससँगको सम्बन्धलाई औंल्याएको भिडियो अनलाइन सेयर गरेको जनाइसकेका छन ।

पिकअप ट्रकमा इस्लामिक स्टेटको कालो झण्डा फहरिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । ट्रकबाट विस्फोटक पदार्थ पनि बरामद भएको छ ।

खासमा जब्बार को हुन ? 

एफबीआईका अनुसार आक्रमणकारी ४२ वर्षीय शमसुद्दीन जब्बार थिए। उनले अमेरिकी सेनामा सेवामा काम गरेको निकै अनुभव पनि छ । पेन्टागनका अनुसार जब्बारले सेनामा मानव संसाधन विशेषज्ञ र सूचना प्रविधि विशेषज्ञका रूपमा १० वर्षभन्दा बढी समय काम गरेका थिए । जब्बार सन् २००९ देखि २०१० सम्म अफगानिस्तानमा तैनाथसमेत भएका थिए ।

जब्बारले जर्जिया स्टेट युनिभर्सिटीबाट कम्प्युटिङमा डिग्री हासिल गरेका छन, जो उनी ह्युस्टन, टेक्सासमा बस्थे। उनी रियल स्टेट एजेन्टको रूपमा काम गरेको अनुभव पनि छ । जब्बारका अन्य सहयोगी छन् वा छैनन्, त्यसबारे पनि एफबीआईले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?