ट्रेंडिंग:

>> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

आम्दा अस्पताललाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिने

२३ कार्तिक २०७९, बुधबार
२३ कार्तिक २०७९, बुधबार

बुटवल, २३ कात्तिक ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले दिपनगरमा रहेको आम्दा अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने बताएका छन् ।

बाल तथा प्रसुती सेवालाई विशिष्टकृत अस्पतालको रुपमा विकास गरेको खण्डमा अस्पतालबाट आमजनताले सस्तो र विशिष्टकृत सेवा पाउने उनको भनाई छ । अहिले पनि आम्दा अस्पतालमा रुपन्देहीबाट मात्र नभई छिमेकी जिल्लाहरुबाट समेत बालबालिका तथा प्रसुती सेवाका लागि आउने गरेको बताउँदै अस्पतालमा आमा सुरक्षा कार्यक्रमलाई समेत अघि बढाउन पहल गरिने बताए । अहिले आमा सुरक्षा कार्यक्रम आम्दाबाट सुरु नभएको गुनासो चौतर्फि आएको भन्दै आमा सुरक्षा कार्यक्रम संगै अस्पताललाई अन्य विशिष्टकृत विकास गरिने उनले बताए । बुटवल ७ मा भएको घरदैलो कार्यक्रममा बोल्दै उनले अक्सिजन प्लान्टको व्यवस्थापन गर्न तर्फ पनि आफु लाग्ने उनले बताए ।

जनतालाई सर्वसुलभ सेवा र गुणस्तरिय सेवा उपलब्ध गराउन आफु प्रतिबद्धता रहेको भन्दै नेता गरीले अस्पतालमा आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरु थप गर्दै लैजाने समेत बताए । ‘अहिले पनि यो अस्पताल नमुनाका रुपमा रहेको छ । यसलाई बालबालिका र प्रसुती सेवामा अझ बढि अव्वल गर्न आवश्यक पुर्वधार निर्माण संगै अत्याधुनिक ल्याव समेत सञ्चालनका लागि योजना अघि बढाउने छौ ।’ उनले भने ।

साथै उनले आम्दाको अलवा स्वास्थ्य क्षेत्रमा एमालेले सैनामैनामा निर्माण प्रक्रियामा रहेको ट्रमा सेन्टरको निर्माण गर्ने, तिलोत्तमा सरकारी स्तरको आधुनिक एवं सुविधा सम्पन्न डायग्नोस्टिक सेन्टर निर्माण गर्ने, प्रत्येक वडामा आवश्यकता अनुसार दक्ष चिकित्सक, ल्याव र बाल तथा प्रसुती सेवा सहितका सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने योजना बनाएको बताए ।

घरदैलो अभियानमा मतदाताले नेता गिरीलाई अधुरा र कतिपय विग्रन लागेका सडकहरु ममर्तमा ध्यान दिन आग्रह गरेका थिए । साथै उनीहरुले खानेपानी समस्यालाई गम्भिर रुपमा लिएर समधान गर्न पनि सुझाव दिएका थिए । जवाफ नेता गिरीले कालोपत्रे बाँकी गर्न रहेका सडकहरुका साथै ग्राभेलिङ भएका सडक निर्माणलाई आफुले प्राथकिताका साथ राखेर काम गर्ने बताए । साथै उनले खानेपानीको सम्बन्धमा एमाले नेतृत्वको सरकारले झुम्सा खानेपानी योजनालाई ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको भन्दै झुम्सा खानेपानी एमाले नेतृत्वको सरकार बन्न साथ बाँकी कार्यको सुरु गर्ने बताए ।

खानेपानी योजनामा केही प्राविधिक समस्या रहेपनि यो छिट्टै जनताको घरघरमा आउँने उनको भनाई थियो । त्यस्तै उनले सो अवसरमा बुटवल ७ भित्र रहेका आधारभुत तथा सरकारी विद्यालयहरुमा आवश्यक पुर्वधार विकास गर्ने प्रतिबद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission