ट्रेंडिंग:

>> बुटवलको नगरसभा सुरु, ३ विधेयक र ३ संशोधन प्रस्ताव टेबुल >> रविसहितको मुद्दामा सरकारी वकिलको बहस सकियो, भोलि जाहेरवालाको पालो >> गुजरातमा स्टिल प्लान्टमा आगलागी, चार कामदारको मृत्यु >> भीम रावलको आक्रमण: शंकर पोखरेल र ओलीको नेतृत्वमाथि गम्भीर आरोप >> सेयर बजार ५.१० अंकले बढ्यो >> बुटवलमा मदन भण्डारी गोल्डकप भलिबल सुरु >> पूर्वाधार विकास समितिमा २२ वटा उजुरी दर्ता >> सहकारी मुद्दामा थुनछेक बहस जारी >> तराईका तीन विमानस्थलमा उडान स्थगित, हुस्सुका कारण भिजिबिलिटी कम >> प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा बस्नेत निर्वाचित >> ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल >> युवाहरुमा राष्ट्रिय पोशाकप्रति मोह बढ्दै >> प्रधानमन्त्री ओलीको कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरूको मुद्दा, सुनुवाइ अनिश्चित >> एकैदिन ३३ फरार प्रतिवादी पक्राउ >> नेपाल प्रहरीले १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ  >> पाँच देशका लागि नयाँ नेपाली राजदूतहरुले शपथ लिए >> लुम्बिनी प्रदेशसभा : प्रदेश प्रमुखले फिर्ता पठाएको कर्मचारी विधेयक आज पेश हुँदै >> राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने >> आज भीम रावलको पत्रकार सम्मेलन >> लागूऔषधसहित दुई जना पक्राउ >> आजदेखि बुटवलमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता, आठ टिमबिच प्रतिष्पर्धा >> नरभक्षी बाघ नियन्त्रणमा >> आज सुनको मूल्यमा १४ सयले वृद्धि >> लन्डनमा एकसाथ गुन्जिँदै ‘कन्दरा’ र स्वप्न सुमन, कार्यक्रमको तयारी अन्तिम चरणमा >> ‘सस्तै’मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति >> गोलभेँडा बेचेरै सात लाख बचत >> बुटवलको कालिकानगरमा ‘करेन्ट पोइन्ट’ >> वाद र सम्मानको मार्ग >> ‘शान्ति र स्थिरताको बर्ष बनोस– नयाँ बर्ष’ >> शिवराजमा नागरिकका घरघरमा स्वास्थ्यकर्मी >> आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु >> आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै >> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल
प्रदेश स्तरीय लुम्बिनी क्लासिक–२०२४ पावर लिफ्टिङ प्रतियोगिता

बिक्रम थापा र अन्जना श्रेष्ठ बने ओभरअल टाईटल बिजेता

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

बुटवल, १४ पुस । रुपन्देहीमा सम्पन्न प्रदेश स्तरीय लुम्बिनी क्लासिक–२०२४ पावर लिफ्टिङ प्रतियोगिताको उपाधि बिक्रम थापा र अन्जना श्रेष्ठले चुमेका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा एक्टिभ प्लस फिटनेसको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ छहारी क्लब रुपन्देहीका बिक्रम थापाले ७४ केजी भन्दा कम तौल समुहमा कुल ५४७.५ किलो बजन उठाउदै समुह विजेता हुदै नगद १० हजारका साथै ओभरअल विजेताको उपाधिसंगै नगद ५१ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भए । महिलातर्फ भने नवलपरासीकी अन्जनाले ५७ केजी माथि तौल समुहमा कुल ३२५ केजी तौल उठाउदै समुह विजेता बन्दै नगद १० हजार रुपैया र ओभरअल टाईटल जित्दै थप नगद २५ हजार रुपैयासमेत हात पारिन ।

प्रतियोगितामा पुरुष ५९ केजी मुनीतर्फ रिवाज खरेल प्रथम, बिशु सिह द्धितिय र बिरेन्द्र बुढा तृतिय भए । पुरुष ६६ केजी मुनीतर्फ अर्पन श्रेष्ठ प्रथम, ब्राहण्ड यादव द्धितिय र अनिल थापा तृतिय भए । पुरुष ७४ केजी तौल मुनीतर्फ बिक्रम थापा प्रथम, अनुकृत गुरुङ द्धितिय तथा दिपेश बोहरा तेस्रो भए । पुरुष ८३ केजी तौल मुनीतर्फ संयक थापा प्रथम, बिशाल श्रेष्ठ द्धितिय र इशा मिया तृतिय भए । पुरुष ८३ केजीमाथितर्फ अनोम बि शाक्य प्रथम, पंकज आले द्धितिय र सुयम थापा तृतिय भए । मास्टर्स ४० प्लसमा विकेश कुमार थापा प्रथम, हरिश थापा द्धितिय र शक्ति गुरुङ तृतिय भए ।

यता महिला ५७ केजी मुनितर्फ गिता पुन प्रथम, बिपना सारु मगर द्धितिय र विध्या अधिकारी तृतिय भईन । महिला ५७ केजीभन्दा माथि तौल समुहमा अन्जना श्रेष्ठ प्रथम, शर्मिला गुप्ता द्धितिय र सन्जिता मर्हजन तृतिय भईन । तौल समुहका प्रथम, द्धितिय र तृतिय खेलाडीहरुले क्रमश नगद १० हजार, ७ हजार र ५ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत गरिएको समितिका सदस्य सुरज थापाले बताए ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतम, नगर खेलकुद संयोजक बोनिन पिया, वडा नं १३ का वडाअध्यक्ष नारायण पुन, पावर लिफ्टिङ जज कमिटिका हेड बुद्घिजंग कार्की, जजहरु डा राजिव श्रेष्ठ, विजय देउला, जिल्ला अध्यक्ष चन्द्रमान श्रेष्ठ,

एक्टिभ प्लस फिटनेसका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सरोज सिंह (सन्जिव)ले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ जिल्लाबाट करिब ८० जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको एक्टिभ प्लस फिटनेसका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सरोज सिंह (सन्जिव) ले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?