© २०२३
सियोल ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संखयाम कम्तीमा १ सय २० जना पुगेको छ ।
एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय २० जनाको मृत्युु भएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ ।
एक सय ७५ जना यात्रु र चालक दलका छ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कंदै गर्दा अवतरणका क्रममा धावनमार्गबाट बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो ।
एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका बीबीसीले जनाएको छ ।