© २०२३
प्यूठान, २२ कात्तिक ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्यूठानमा १ हजार ७ सय ८३ जना कर्मचारीहरु खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगाले मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुको नामावली सार्वजनिक गरेको हो ।
जिल्लाभर कुल २ सय २३ वटा मतदान केन्द्रहरु रहेको सहायक निर्वाचन अधिकृत विरेन्द्रप्रकाश खड्काले जानकारी दिए । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी एउटा मतदान केन्द्रमा सात जना बाहेक अन्य सवैमा आठ÷आठ जना कर्मचारीहरु खटिएको खड्काले बताए । जिल्ला कारागार खलंगामा अस्थायी मतदान केन्द्र संचालनका लागि माग गरिएको र स्वीकृत हुन बाँकी रहेको उनले जानकारी दिए । कारागार मतदान केन्द्रमा पाँच जना कर्मचारी खटिने छन् । खटिएका कर्मचारीहरुलाई कात्तिक २४, २५ र २६ गते तालिम दिइसकेपछि मंसीर १ गतेदेखि आ–आफ्नो क्षेत्रमा पुग्ने छन् ।