© २०२३
बुटवल, ११ पुस ।
क्रिकेट खेल र खेलाडीलाई प्लेटफर्म दिने गरि तिलोत्तमा मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८१ बुधबारदेखि शुरु भएको छ । एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले ब्याटिङ र उपप्रमुख जागेश्वरी देवि चौधरीले बलिङ गरि औपचारिक रूपमा शुभारम्भ गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले देशको नाम चिनाउने काममा क्रिकेटबाट भएको बताए । तिलोत्तमालाई क्रिकेट खेलको हबका रूपमा विकास गर्ने गरि स्थानिय सरकारबाट अगुवाई गर्ने प्रतिवद्घता जनाए । खेलबाट पुर्वाधार विकास, युवाहरू एकजुट गरि अनुसासन र खेल विकास गर्न मद्त मिल्ने उनले दाबी गरे। खेलाडी उत्पादन हुने गरि सरोकारवाला निकायहरू लाग्न सुझाव दिए । खेलाडीहरूलाई स्थानिय पालिकाबाट सधै सम्मान र माया गर्दै आएको उनले बताए ।
कार्यक्रममा नगर खेलकुद विकास समिति तिलोत्तमाका संयोजक लोक पुनले सिमित बजेटमा खेल खेलाउन थालिएको बताए । खेलकुदको माध्यमबाट बढिभन्दा बढि पर्यटक भित्राउन सकिने सम्भावना रहेको उनले बताए । यसैगरि क्रिकेट, फुटबल, ब्याटमिन्टन खेलका ग्रासरुट गर्ने समेत तयारीमा रहेको उनले बताए । यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा क्यानका निवर्तमान सचिव प्रशान्त बिक्रम मल्लले सरकारबाट भौतिक पूर्वाधार नभएको बेला निजी क्षेत्रबाट वर्षदिनमा उत्कृष्ट मैदान तयार गरेको छ । मैदानसम्म पहुच पुग्नेगरि आवश्यक पूर्वाधार बनाउन जरुरी छ ।
कार्यक्रममा क्यान रूपन्देहीका कार्यबाहक अध्यक्ष धिरज क्षेत्री, नेपाली क्रिकेटका कोच बसन्त शाही, यु–१९ का को शक्ति गौचनले खेल विकासमा सरकारको लगानी जरुरी रहेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी