ट्रेंडिंग:

>> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ

अविवेकी संसारकी विवेकी सिर्जना

११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

केहीदिन अघिको घटनाले झसङ्ग बनायो । सामाजिक सञ्जालमा जोडिएका केही मानिसहरूलाई विवेक र सिर्जनाको उदाहरणीय जोडीका बारेमा थाहा भएपनि अधिकांशलाई उनीहरूको विछोड भएपछि मात्र यस विषयको जानकारी भई मुटुमा ढ्याङ्ग्रो हान्यो । विवेकको मृत्युपछिका समाचारपछि उनीहरूका बारेमा आएका विषयहरूले मानिसहरूलाई सपना कि विपना जस्तो भई कुनै पुराण या फिलिमको कहानी जस्तो अनुभूति गरायो । किनकि वर्तमान समयमा उनीहरूका मायाका कुरा एकादेशका कथा जस्तै लाग्नपुगे । अझ प्रेमका नाममा ठगिएकाहरूले त झनै अप्ठ्यारो मान्ने नै भए । समाजमा प्रेमका नाममा धेरै व्यापार विजनेस भइरहेको त हामीले देखेकै छौँ । धेरैले प्रेम प्रेम त भन्दछन् तर ती प्रेम, प्रेम नभएर इन्द्रियजन्य शारीरिक सम्बन्धमात्र भएको प्रमाणित भइरहेका छन् । किनकि त्यस्ता प्रेम, शरीरमा तन्दुरुस्तता र खल्तीमा पैसा हुन्जेलसम्म मात्रका छन् । पन्ध्र वर्ष पहिले कुनै नवयुवक आफ्नो घरलाई सुसज्जित बनाएर ईश्वरचिन्तनका साथ सांसारिक भवसागरमा रमाउने कल्पनामा रम्दै कालीगण्डकीको किनारमा रहेका प्रत्येक ढुङ्गालाई शालिग्राम भनेजस्तै गरी आँखा चिम्लेरै पुण्य क्षेत्रमा हुर्किएकी भनिएकी नारीलाई आफ्नो शरीरको अङ्ग बनाउँदछ । भरखर विए प्रथम वर्ष पढ्दै गरेकी कलावतीलाई आफ्नो कमाइको माध्यम नै नभएका समयमा पनि शहर बजारमै राखेर एम. ए. गराउँछ । त्यतिले मात्र नभएर शहरमैँ राखेर जागिर खाने गराउनका लागि महङ्गा ट्युसनका कक्षामा जानका लागि पनि सहयोग पु¥याउँदछ । घरमा थलिएर ओछ्यानमैँ दिसापिसाव गराउनुपर्ने भएकी हजुर आमालाई सेवा गराउन छाडेर उसले श्रीमतीलाई शहर पठाएको हुन्छ । कहिले गाउँघरबाट यताउता नलागेकी कलावतीलाई शहरको रमझमले विस्तारै तान्न थाल्दछ । घुम्न जाने समयमा पनि घरतिर थाहा नदिइकनै पहिले पहिले दिनैभरी, पछि–पछि त अहोरात्रभरी पनि उ हराउन थाल्दछे । घरतिरको पतिको प्रेमभन्दा अरू नै उसलाई राम्रो लाग्न थाल्दछ । यस्तै यस्तै हुँदाहुँदै त उसले आफ्नो पति कोठामा आउँदा समेत भारिपन देखाउन थाल्दछे । उसको भित्रीमनले उसको पति अब विस्तारै विस्तारै टाढिँदै गएहुन्थ्यो भन्ने लाग्न थाल्दछ । उसले यसको प्रतिक्रिया पति आएको दिन झगडा गरेर या रिसाएर दिन थाल्दछे । उसको पतिले उसको नक्कलीपनको बारेमा विवाह भएको केही दिनमै थाहा पाएको थियो । पति प्रेम प्रतिको उसको नक्कली हाउभाउ यति धेरै कृत्रिम थियो कि यस बारेमा जो कोहीले पनि छनक पाइहाल्थे । “मलाई छोडेर तिमीले अर्को विवाह नगर है” । “मेरा त शत्रु नै घरका दाजु हुन” । “मेरो सबैभन्दा नजिकका मानिस मेरा भिनाजु हुन्” इत्यादि के के कुरा गर्थी गर्थी । कुनै कसैले उसको चञ्चलेपनबाट शारीरिक फाइदा लिई लखेटेको जस्तो स्वभाव देखाउँदथी । दिमाग सम्बन्धी औषधीपनि खाने रहिछ । त्यसैले कोसँग कसरी बोल्न पर्छ भन्ने पनि थाहा नपाएझैँ गर्थी । तर पनि यी विभिन्न स्वभावका साथ दिमागको औषधीको नियमित सेवन गरिएको बलियो प्रमाणका बाबजुद पनि उसको पतिले भने उसको भाग्य नै यस्तै भएको सम्झी जे छ त्यसैमा रमाएर जाने सङ्कल्प गरेको थियो । पति र घरपरिवार बमोजिमको अनुशासनमा बाँधिन गाह्रो त उसलाई पहिलेदेखि नै भइरहेको थियो । तर, जब उसले पतिको सहयोगबाट नेपाल सरकारमा जागिर खाई त्यसपछि भने ऊ कुनैपनि हालतमा आफ्नो पतिसँग नबस्ने निधो गरी । कति धेरै दोषी प्रमाणका बाबजुदपनि परेको चिजलाई भाग्य ठानी चल्ने प्रण गरेको उसको पतिलाई विभिन्न आरोप लगाई ऊ अदालतसम्म पुगी । पतिले गरेका सबै गुनलाई वैगुनमात्र देख्न थाली । पढाएको, उसको शारीरिक उपचार गरेको, जागिर खुवाएको, पैसा खर्च गरेको, यी सबै त उसका लागि विष पो हुनथाले । उसको पतिको आर्थिक स्थिति दयनीय थियो भन्ने कुरा उसलाई थाहा नै थियो । तर पनि विभिन्न जालसाजी मुद्दामा पारी उसले त्यो परिवारलाई दुःख दिन थालेको १० वर्ष पनि नाघिसक्यो । कसैले किन के भयो भन्दा उसले भन्ने एकमात्र शब्द हो – पतिबाट मलाई यौन असन्तुष्टि भयो । यो एक पछिल्लो उदाहरण हो । यस्तै केटीले दिएजस्तै दुःख दिने तमाम पुरुषहरू पनि हाम्रो समाजमा छन् । शारीरिक माया गरेर स्वार्थ लुटेपछि घर न घाटका बनाएर नारीलाई मर्न बाध्य पार्ने पनि हाम्रै समाजमा धेरै पुरुषहरू छन् । पुरुषमात्र या नारीमात्र गलत भन्ने नै हुन्न । दुष्टताले कुनै लिङ्ग छुट्टाएको हुन्न ।
हामीले समाजमा पुरुष बिग्रँदा नारीले घर धानेको तमाम उदाहरण देखेका छौँ । तर, नारी विग्रँदा अधिकांशका घरबार तहसनहस हुन पुगेका छन् । यस्तो हुनुको मुख्य कारण भनेको नारीमा रहेको ईश्वरीय शक्ति हो । नारी माता हुन् । नारी प्रकृति हुन् । नारी देवी हुन् । यी नारी या प्रकृतिले उग्र रूप धारण गरिन् भने यो सृष्टि एक सेकेण्ड मैँ तहस नहस हुन्छ । तर, यी नारीले आफ्नो सात्विक प्रकृतिको प्रेमले सबैमा वात्सल्यता प्रदान गरिन् भने पुरुष बल्ल पुरुष जस्तो हुन पुग्दछ । सृष्टि बल्ल रमणीय बन्न पुग्दछ । शक्तिले रहित पुरुष जिउँदो हुनै सक्दैन् । चेतनाले युक्त हुनै सक्दैन । त्यसैले यी देवी, यी माता, यी पृथ्वी या जे भनौँ यिनको चेतनाले युक्त भयो भने भगवानको सृष्टिका साथै सृष्टि भित्रको पुरुषले पनि स्वर्गप्राप्ति मात्रै हैन ब्रह्म प्राप्ति नै गर्दछ । माथि देखाइएको उदाहरणकी कलावतीपनि नारी नै हुन् । ईश्वरीय विवेकले पूर्ण तर प्रेमी विवेकबाट अपूर्ण हुन पुगेकी सिर्जना पनि नारी नै हुन् । एउटी ती नारीले घरमा दशकौँदेखि विरामी भई स्वर्गीय भइसकेकी आमाको पनि आँशु पिइरहेकी छन् भने एउटी यी नारीले हजारौँ दशकदेखिको शाश्वत मायाको उदाहरण बनेर संसारलाई नै अमृत पिलाएकी छन् । घरमा अभाव भइरहेको समयमा सहयोग गर्ने बेला एउटी नारी मलाई यौन असन्तुष्टि भयो भन्दै वतुराउँदै हिँडिरहिन् भने अर्की नारी जसले श्रीमान्का अङ्ग प्रत्यङ्गहरूले काम गर्न छाड्दा समेत सेवाभावबाट कहिले विचलित भईनन् ।
अन्त्यमा देवी सिर्जना, अहिले शारीरिक मायालाई मायाको रूपमा परिभाषित गरिरहेको समयमा, तपाइँले जुन मायाको परिभाषा दिनुभयो, परिभाषा मुखले हैन कि व्यवहारले गरेर देखाउनुभयो, त्यो तपाइँको व्यवहार यो आधुनिक सभ्य भनिएको समाजका लागि ठूलो उदाहरण बनेको छ । यहाँ विदेशी प्रेम दिवसमा मनाइने प्रेम कुनै प्रेम होइन । त्यो त शारीरिक आकर्षण मात्र हो । तर त्यो तपाइँले गरेको माया नै शाश्वत माया हो । आफैलाई चैतन्य ठान्ने अविवेकी संसारकी विवेकी सिर्जना जी तपाइँले दिनुभएको मायाको परिभाषाले हामी सबैलाई वास्तविक प्रेमका बारेमा जान्ने मौका मिलेको छ । विवेकजी तपाइँको साथमा त अहिले हुनुहुन्न । उहाँको शरीर पञ्चतत्वमा मिलिसकेको छ । तर, तपाइँमा भएको यो विवेकपूर्ण मायाले पक्कै पनि नयाँ अध्याय कोरेको छ । शाश्वत प्रेमको परिभाषा दिएको छ । यस किसिमकी सुशील नारी तपाइँलाई जतिसुकै शब्दहरूले अभिनन्दन गरे पनि थोरै भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?