© २०२३
काठमाडौँ, १० पुस।
मंसिर महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने व्यक्तिहरूको संख्या बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका हुन्, जुन कात्तिक महिनामा स्वीकृत भएका ७० हजार ९९० जनाभन्दा झन्डै १४ हजार बढी हो।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, कात्तिक महिनामा म्यानपावरमार्फत श्रम स्वीकृति लिएका २८ हजार ८६८ जनामा पुरुष २६ हजार ४९ र महिला २ हजार ८१९ छन्। त्यस्तै, व्यक्तिगत रुपमा १३ हजार ५९, जीटुजीमार्फत ९७९ र ४१ हजार ३२० जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
मंसिर महिनामा सबैभन्दा धेरै यूएई जानका लागि २४ हजार ७६९ जनाले श्रम स्वीकृति लिएका छन्। साउदी अरेबियाका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४ र कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन्। सो अवधिमा कुल १०० देशका लागि नेपालीहरूले श्रम स्वीकृति प्राप्त गरेका छन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी