© २०२३
बुटवल,५ पुस ।
कालिका मानवज्ञान माविको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस दिवसको अवसरमा विहिबार जिल्ला स्तरिय कविता प्रतियोगीता र चौथो कालिका सिंगीङ्ग आईडल सम्पन्न भएका छन् ।
विद्यालयमा आयोजना गरिएको स्व.शेरबहादुर गुरुङ स्मृति अक्षयकोषबाट सञ्चालित जिल्ला स्तरितरिय कविता प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुलका पवन अधिकारी प्रथम भएका छन् । उनले नगद १३ हजार समेत प्रप्त गरे । यस्तै कालिका मानव ज्ञान माविकी मनिषा पराजुली द्वितीय भईन् । उनले ९ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरिन् । न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलका विशेषजन कार्की तृतीय भए उनले ७ हजार सहित प्रमाणपत्र प्राप्त गरे । क्यानन बोर्डिङ स्कुलका बसन्त यादव चतुर्थ स्थान हासिल गरि नगद ४ हजार रूपैयाँ प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकपाल प्रमुख विवेकराज पोखरेलले जानकारी दिए ।
यस्तै कालिका मानवज्ञान मावि मा अध्यायनरत विद्यार्थीहरू मध्ये बाट उत्कृष्ठ १० जनाको विचमा गरिएको चौथो कालिका सिंगीङ्ग आइडलको उपाधी भने प्रीया खत्रीले प्राप्त गरिकी छिन् ।उनले नगद १८ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरिन् । स्व.मन्दिरा गलामी अक्षयकोषबाट कालिका सिंगिङ आइडल आयोजना गरिएको हो । आइडलमा सागर श्रीपाली द्वितीय हुँदै नगद १२ हजार सहित पुरस्कृत भए ।
विवेक खराल तृतीय हुदै ८ हजार र उपमा पाण्डे चतुर्थ स्थान हासिल गर्दै ५ हजार नगद प्राप्त गरिन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, विद्यालयका सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम गलामी , बरिष्ठ साहित्यकार तथा प्रदेश सकारका शिक्षा विज्ञ दलबहादुर गुरुङ, अक्षयकोष दाताका प्रतिनिधि अशोक गुरुङ र गिरिप्रसाद गलामी लगायत ले पुरस्कार प्रदान गरेका थिए । कविता प्रतियोगीतामा २० वटा विद्यालयको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले सबैको उत्साजन सहकागीता रहेकोमा धन्यावाद दिएका थिए ।
सिगिङ्ग आइडलको निर्णायक गीतकार एवं संगीतकार दीपक श्रेष्ठ र तेजु अर्याल रहेका थिए भने जिल्ला स्तरिय कविता प्रतियोगिताको निर्णायकमा बरिष्ठ साहित्यकार कवि समालोचक ऋषिराम भुसाल र बरिष्ठ अधिवक्ता साहित्यकार दिल साहानी रहेका थिए ।
यस्तै विहिबार छात्रातर्फको भलिवल प्रतियोगीमा पहिलो खेल एभरेष्ट मावि र दिप माविका विचमा भएको ३–० ले एभरेष्ट मावि विजयी भएको छ । यस्तै दोस्रो कान्ती मावि र न्यु होराईजन का विचमा भएकामा होर्राजन मावि ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।यस्तै कालिका मावि र नविन माविका विचमा भएकोमा कालिका ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै छात्रा तर्फ नै कुवरवर्ती मावि र बुद्ध पब्लिकको विचमा भएकोको प्रतिस्पार्धामा ३–० सेटले कुवरवर्ती विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । छात्र तर्फ न्युहोराईजन मावि र पब्लिक माविका विचमा भएकोमा न्यु होराईजन विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै कालिका मावि र दिप माविका विचमा भएकोमा कालिका मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । ।
यस्तै जनज्वोति मावि र नविन औद्योगीक माविका विचमा भएकोमा जनज्वोति मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै कान्ती मावि र मणिमुकुन्दको विचमा भएकोमा मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै नविन मावि र जनज्वोतिको विमा भएकोमा जनज्योति मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । कबड्डी तर्फ पहिलो खेलमा न्यु होराईजन मावि, दोस्रोमा नविन औद्योगीक मावि, तेस्रोमा मणिमुकुन्द मावि, चाथौमा न्यु होराईजन मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । । यस्तै पाँचौ खेलमा होराईजन जिविएस विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी