Butwal Today

नेपाल र श्रीलंका बिचको खेल रद्द, बाडियो अंक

४ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ४ पुस ।

नेपालले एसिसी महिला यु-१९ एसिया कपको सुपर फोरअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ  ।

खेल मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

त्यसपछि  खेल सञ्चालन गर्न सम्भवन नभएपछि दुवै टोलीलाई १-१अंक प्रदान गरिएको हो ।

नेपालले समूह ‘बी’ तथा श्रीलंकाले समूह ‘ए’ को उपविजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए ।

समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग पनि अंक बाँडेको थियो । नेपाल र भारतबीचको खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो ।

यता घरेलु टोली मलेसियाविरुद्ध ९४ रनको सहज जित निकालेबको श्रीलंका बंगलादेशसँग २८ रनले पराजित भएको थियो ।

सुपर फोरको अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ ।