© २०२३
भैरहवा, २१ कात्तिक ।
लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेकी छिन् ।
लुम्बिनी प्रदेश सरकारका पुर्व उद्योग, वन तथा वातावरण मन्त्री पाण्डेले सोमबार भैरहवामा पत्रकारसंग कुरा गर्दै लोसपा पार्टीमा ब्यक्तिवादी प्रवृत्ति हावी भएका कारण पार्टी परित्याग गरेको बताइन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राप्रपाका वरिष्ठ नेता तथा रूपन्देही ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक बोहरा, जसपाका नेता तथा प्रदेश सभा सदस्यका ३ (१) का उम्मेदवार महेन्द्र यादव र नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य ३ (२) का उम्मेदवार तुल्सि चौधरीलाई समर्थन गर्ने उनले बताइन् ।
२०७२ साल देखि राजपा, जसपा र हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सकृय पाण्डे जिविएस रोगबाट पीडित हुंदा पार्टीले कारबाही गरेको सांसद पद खारेज भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएको बताउंदै तीन दलीय उम्मेदवारलाई जिताउन आफु लाग्ने पाण्डेले बताइन् ।