© २०२३
सैनामैना, २१ कात्तिक ।
रुपन्देहीको कन्चन बाँध निर्माणको नेतृत्व गर्ने भरतकुमार शाहलाई जिताउने प्रतिवद्धता स्थानीय किसानहरुले जनाएका छन् ।
विगत तीन दशकदेखि रुपन्देही क्षेत्र नं. ५ को विकासको नेतृत्व गरिरहेका शाहले यस क्षेत्रमा धेरै विकासका काम गरिसकेको भन्दै उनीहरुले हजारौं किसानहरुको मुहार बदल्ने कन्चन सिंचाई आयोगजना निर्माणले यहाँका किसान खुसी भएको बताएका छन् ।
शाहकै अग्रसरता र नेतृत्वमा १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाँको लागतमा आयोजनाको निर्माण सम्पन्न भएको उनीहरुको दावी छ ।
उक्त आयोजनाको तीन महिनाअघि शाहले नै उदघाटन गरेका थिए । अहिले आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको गैडहवा तालमा पानी पु¥याउने र त्यहाँबाट सिंचाई योजनाहरु संचालन गर्ने आयोजनाको मूख्य उद्देश्य पूरा भएको छ ।
अहिले उक्त आयोजनाको पहिलो फेजको काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्नको लागि भरत शाहलाई नै यस पटक बिजयी बनाउनु पर्ने स्थानीयहरुको भनाई रहेको छ ।
उक्त आयोजनाको दोस्रो चरणको काम सम्पन्न भए पश्चात गैडहवा, लुम्विनी र कन्चन र मायादेवी गाउँपालिकाका हजारौं किसानको खेतमा सिंचाईको सुविधा उपलब्ध हुनेछ ।
शाहले आफ्नो क्षेत्रमा धेरै पुल र सडकहरु बनाएको स्मरण गर्दै तराईमा सिंचाईको अभावका कारण खेतहरु बाँझो भैरहेकोले आफूले धेरै मेहनत र प्रयास गरेर बजेट पार्न सफल भएको र आयोजना उदघाटनपछि सञ्चालन भएको सुन्दा खुसी लागेको उनले बताए ।
सिंचाईको अभावमा आकाशको भरमा खेती गर्न बाध्य क्षेत्र नं. ५ का स्थानीय जनताका लागि कञ्चन बाँध वरदान सावित भएको छ । शाहले भने–“विकासमा सधै अगाडि रहेको रुपन्देही ५ अव कृषिमा सिंचाईको सम्मृद्धिले झनै अब्बल बन्नेछ ।”
स्थानीय जनताले कन्चन सिंचाई आयोजना संचालन गरेर हजारौ किसानको सम्मृद्धिको ढोका खोल्न सहयोग पु¥याउने शाहलाई कुनैपनि हालतमा विजय बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।