ट्रेंडिंग:

>> ढुक्क भएर लगानी गर्नुस्ः उर्जामन्त्री खड्का >> ठूला उद्योगहरुमा लोडसेडिङ सुरु >> चौथो कालिका कपमा विविध प्रतियोगिता सम्पन्न >> कान्ति माविको ७१ औं वार्षिकोत्सव >> आज फेरी घटयो नेप्से >> पावर प्लेमा सुदुरपश्चिम आक्रामक >> हङकङबिरूद नेपाल २२६ रनले बिजयी >> शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले चार नयाँ उपसमिति गठन >> सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई बन्दीसहित उपस्थित गराउन आदेश >> सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट >> राज्य व्यवस्था समितिमा विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव >> जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य >> गण्डकी आयोगको निजामती विधेयकमा सुधार प्रस्ताव >> मलखाद र सिंचाईको लागि किसान संघ क्रान्तिकारीद्वारा सरकारलाई ज्ञापन पत्र >> काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ >> अन्तर्राष्ट्रिय आप्रवासी दिवस: नेपालको अर्थतन्त्रमा विप्रेषणको बढ्दो योगदान >> लामखुट्टेबाट बनाइरहेको छ युक्रेनले खतरनाक जैविक हतियार >> प्रधानमन्त्री ओलीसँग युएईका राजदूत शम्सीको शिष्टाचार भेट >> नेपाल विद्युत् प्राधिकरणको नाफा रु ९ अर्ब ११ करोड ३२ लाख >> नेपालभर अवैध लागूऔषधसहित १० जना पक्राउ >> एनपीएल क्रिकेट : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा >> त्रिविको जग्गा जसरी पनि सरकार मातहत ल्याइन्छः प्रधानमन्त्री >> भारतको थोक मुद्रास्फीति दर नोभेम्बरमा १.८९ प्रतिशतमा घट्यो >> बनाईयो ‘आँशु बन्दुक’, रुवाउनेलाइ हान्न सकिने >> रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा >> एमाले अखिलले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने >> चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने >> इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार >> बेलायतमा भेटियाे पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा भयो लिलामी >> कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य >> साँध सिमानाको रीसीबिमा छिमेकीले गरे महिलाको हत्या >> पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर >> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन

चौथो कालिका कपमा विविध प्रतियोगिता सम्पन्न

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

बुटवल, ३ पुस ।

बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत बुधार विभिन्न प्रतियोगीता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल, छात्र छात्रा कबड्डी प्रतियोगीताका विभिन्न चरण सम्पन्न भएका हुन । भलिवल प्रतियोगीता तर्फ छात्रातर्फ पशुपती मावि र दिप बोडीङ्गका विचमा भएकोमा वाक ओभर पाएर दिप विजयी भएको छ ।

यस्तै नविन मावि र सिद्धार्थ बोडीङ्गको विचमा भएकोमा नविन मावि २–१ सेटले विजयी भएको छ । यस्तै सगरमाथा मावि र कान्ती माविका विचमा भएको प्रतियोगीतामा कान्ती मावि २ सेट पुरै जित्दै विजयी भएको छ । यस्तै बुद्ध पब्लिक ईंग्लिस बोर्डीङ्ग स्कुल र शंकर नगर दुगादत्त माविका विचमा भएकोमा २–० सेटले बुद्ध पब्लिक मावि विजयी भएको हो । यस्तै छात्र तर्फ ७ वटा खेल भएका छन् । पहिलो कालिका मावि र क्यान ईग्लिस बोडीङ्गका विचमा भएकोमा २–० सेटले कालिका विजयी भएको छ । यस्तै नविन मावि र सगरमाथा बोडीङ्गका विचमा भएकोमा नविन २–० सेटले विजयी भएको छ ।

नयाँ गाउँ मावि र दिप बोडीङ्गका विचमा भएको खुलमा दिप मावि २–० सेटले विजयी भएको हो । यस्तै बुद्ध पब्लिक मावि र जनज्वोति माविका विचमा भएकोमा जनज्वोति मावि २–१ सेटले विजयी भएको हो । एभरेष्ट मावि र कान्ती माविका विचमा भएकोमा एभरेष्ट मावि २ वटै सेट जित्दै विजयी भएको छ । न्युहोराईजन मावि र सिद्धार्थ बोडिङ्गको विमा भएको प्रतियोगीतामा २ सेट जित्दै न्युहोराईजन विजयी भएको हो ।

यस्तै उजिरसिंह मावि र मणिमुकुन्द माविका विचमा भएकोमा मणिमुकुन्दले २ सेट पुरै जित्दै विजयी भएको हो । १५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन् ।यस्तै छात्रा तर्फ पशुपती माविका चाँदनी पासी प्रथम भएकी हुन । यस्तै १०० मिटर दौडमा छात्र तर्फ जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी छिन् । ४वाई १०० मिटर रिल दौडमा छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रीती थापा, प्रकृति घिमिरे, सृजना कडायतको समुह प्रथम भएको हो ।

यस्तै छात्र तर्फ जनज्वोति माविका सुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली, अल्बीजी गुरुको समुह प्रथम भएको हो । ४०० मिटर दौडमा पशुपती माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रा तर्फ पशुपती माविकै करिस्मा सिंजाली प्रथम भएकी हुन । यस्तै २०० मिटर दौडमा जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ गाग्री एकेडमीका नमिता भुषाल प्रथम भईन् । ८०० मिटर दौडमा न्यु होराईजन माविका आयुश थापरु प््रथम, छात्रा तर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भईन् । ४ वाई ४०० रिले दौडमा पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समुह प्रथम भएको छ । यस्तै छात्रा तर्फ पशुपती माविका पुजा चौधरी, अस्मिता थारु, करिस्मा सिंजाली, चादनी पासीको समुह प्रथम भएको हो ।

यस्तै कबड्डी तर्फ बुधार सम्पन्न प्रतियोगीतमा पहिलो खेलमा न्युहोराईजन र पशुपती माविका विचमा भएकोमा होराईजन वाक ओभर सहित विजयी भएको छ । यस्तै नविन औद्योगीक मावि र गाग्री एकेडमीको विचमा भएकोमा गाग्री एकेडमी विजयी भएको हो । यस्तै अर्को पाचौ प्रतिस्पार्धामा ईडन मावि र उजिर सिंह माविका विचमा भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ ।

बुधावार भएको छौठौ कबड्नी प्रतियोगीतामा जनज्वोति मावि र क्यान माविका विचमा भएकोमा क्यानन मावि विजयी भएको छ । यस्तै एभरेष्ट मावि र बुद्ध पक्लिक माविका विचमा भएकोमा एभरेष्ट मावि वाक ओभरपाएर विजयी भएको हो । छात्रा कबड्डी तर्फ ईड्न मावि र पशुपती माविका विचमा भएकोमा वाक ओभर सहित ईड्न मावि विजयी भएको छ । यस्तै बुद्ध पब्लिक मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको हो ।

कलिका मानवज्ञान मावि र मणिमुकुन्द माविमा विचमा भएको प्रतियोगीतामा कालिका मानवज्ञान मावि विजयी भएको छ । केरवानी मावि र नविन औद्योगीक माविका विचमा भएको प्रतियोगीतामा नविन औद्योगीक मावि विजयी भएको हो । ईड्न मावि र होराईजन माविका विचमा भएको खेलमा होराईजन माविले वाक ओभर पाएर विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?