ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

संविधानको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनः भुसाल

२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक २०७९, सोमबार

बुटवल, २१ कात्तिक ।

नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले संविधानको रक्षाका लागि आगामी निर्वाचन कोशेढुंगा सावित हुने बताएका छन् । जितेर गएपछि पटकपटक संविधान कुल्चिनेहरु विरुद्ध संयुक्त वाम लोकतान्त्रिक गठबन्धन र अन्य दलहरु एकतृत भएर अघि बढ्नु आजको आवश्यक्ता हो भन्दै स्वतन्त्र उम्मेदवार भुसालले समग्र मुलुकको हितका लागि आगामी निर्वाचन वर्तमान पाँचदलीय गठबन्धनले जित्नु पर्ने धारणा ब्यक्त गरे ।

तिलोत्तमा ८ स्थित रुपन्देही क्षेत्र नम्बर १ को चार नम्बर चोकमा घरदैलो कार्यक्रमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता भुसालले गौतम बुद्धको मावली देवदह क्षेत्रको बृहत्तर विकास गरी लुम्बिनीसँग प्रत्यक्ष जोडेर आगामी केही बर्षमै समृद्ध क्षेत्र बनाउने उद्घोष समेत गरे । कोण सभामा नेता भुसालले शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गरिने र सुशासन पक्षलाई सवल बनाउदै नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको पक्षलाई मजबुत बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

नेपाल र नेपाली जनतालाई पटक पटक झुक्याउने खेल भैरहेको स्मरण गर्दै नेता भुसालले अवको निर्वाचनमा कोही पनि मतदाता भुक्किन नहुने सुझाव पनि आम मतदातालाई दिएका छन् । जनतामा भ्रमको खेती गरेर पटकपटक चुनाव जित्ने, चुनाव जितेपछि अकुत धनसम्पत्ती आर्जन गर्ने, तर जनताको हितमा पटक्कै काम नगर्ने नेतालाई अवको दिनमा भोट दिएर जिताउन नहुने जिकिर गर्दै नेता भुसालले गफाडी र चाकडीवाजहरुको जमाना गैसकेको पनि उल्लेख गरेका छन् ।

प्रदेश सभा उम्मेदवार अब्दुल रज्जाकले कृषि, पर्यटन, उद्योग ब्यवसायलाई योजनाबद्ध विकास गरी जनताको समृद्धिको सपना पुरा गर्न आफु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बिगतमा आफुले सोही क्षेत्रको जनप्रतिनिधिको रुपमा काम गर्दा थुप्रै विकास निर्माण योजनाहरु कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार रज्जाकले कतिपय अधुरा योजनाहरु पुरा गर्न र नयाँ योजना तर्जुमा गर्न आफुलाई जिताउन आग्रह समेत गरेका छन् ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति हिराबहादुर खत्रीले रुपन्देही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनको जीत सुनिश्चित रहेको दावी गर्दै नेकपा एमालेका पुर्वनेता, माक्र्सवादका ब्याख्याता घनश्याम भुसाल नेतृत्वको टिमले जितेमा यस क्षेत्रको विकास र समृद्धिको यात्रा सफल हुने बिश्वास ब्यक्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नम्बर १ मा बिगतमा एउटै पार्टीमा सँगसँगै काम गरेका ३ जना नेताहरु चुनावी मैदानमा छन् । नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धनको सहयोग र समर्थनमा उम्मेदवार बनेका एमालेका पुर्वनेता भुसालसहित एमाले नेता छविलाल बिश्वकर्मा र एमाले केन्द्रीय सदस्य टिकाराम चापागाईं पनि चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?