© २०२३
काठमाण्डौ ।
चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ ।
आज भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले १० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ५३ रन बनाए । कर्णालीका जीशान मक्सूदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले २÷२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
कर्णालीका जयशिकन कोल्सावालाले ५३, विलियम बोसिस्टोले ५२, चादविक वाल्टनले नटआउट ४६ रन बनाए । चितवनका सोहिल तानभिरले २ विकेट लिए ।
चौथो स्थानमा पुगेसँगै चितवनले १५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी