ट्रेंडिंग:

>> ढुक्क भएर लगानी गर्नुस्ः उर्जामन्त्री खड्का >> ठूला उद्योगहरुमा लोडसेडिङ सुरु >> चौथो कालिका कपमा विविध प्रतियोगिता सम्पन्न >> कान्ति माविको ७१ औं वार्षिकोत्सव >> आज फेरी घटयो नेप्से >> पावर प्लेमा सुदुरपश्चिम आक्रामक >> हङकङबिरूद नेपाल २२६ रनले बिजयी >> शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले चार नयाँ उपसमिति गठन >> सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई बन्दीसहित उपस्थित गराउन आदेश >> सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट >> राज्य व्यवस्था समितिमा विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव >> जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य >> गण्डकी आयोगको निजामती विधेयकमा सुधार प्रस्ताव >> मलखाद र सिंचाईको लागि किसान संघ क्रान्तिकारीद्वारा सरकारलाई ज्ञापन पत्र >> काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ >> अन्तर्राष्ट्रिय आप्रवासी दिवस: नेपालको अर्थतन्त्रमा विप्रेषणको बढ्दो योगदान >> लामखुट्टेबाट बनाइरहेको छ युक्रेनले खतरनाक जैविक हतियार >> प्रधानमन्त्री ओलीसँग युएईका राजदूत शम्सीको शिष्टाचार भेट >> नेपाल विद्युत् प्राधिकरणको नाफा रु ९ अर्ब ११ करोड ३२ लाख >> नेपालभर अवैध लागूऔषधसहित १० जना पक्राउ >> एनपीएल क्रिकेट : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा >> त्रिविको जग्गा जसरी पनि सरकार मातहत ल्याइन्छः प्रधानमन्त्री >> भारतको थोक मुद्रास्फीति दर नोभेम्बरमा १.८९ प्रतिशतमा घट्यो >> बनाईयो ‘आँशु बन्दुक’, रुवाउनेलाइ हान्न सकिने >> रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा >> एमाले अखिलले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने >> चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने >> इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार >> बेलायतमा भेटियाे पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा भयो लिलामी >> कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य >> साँध सिमानाको रीसीबिमा छिमेकीले गरे महिलाको हत्या >> पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर >> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन

टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

भैरहवा,३ मंसिर ।
११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले जितेको छ । मंगलबार भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । जितसँगै होराइजने ५० हजार रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको देवदह बुद्धले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि पाएको ७१ रनको लक्ष्य न्यु होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै पुरा गर्दै उपाधि रक्षा गर्यो । उसको जितमा समीरजंग सिंह ठकुरीले अविजित २० र अनिश भट्टराईले १९ रनको योगदान गरे । बलिङमा देवदह बुद्धका कृषक केसीले २ तथा रोहन कुँवर र आयुष विकले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदह बुद्धले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको सामान्य योगफल बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले ३–३ तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले १–१ विकेट लिए । देवदह बुद्धका दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले हार व्यहोर्यो । होराइजनका निरज घिमिरे म्यान अफ द फाइनल भई पाँच सय रूपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रूपैयाँ प्राप्त गरे । यस्तै, होराइजनकै राहुल नाउ बेष्ट ब्याटर र सुप्रिम कँडेल बेष्ट बलर भए । उनीहरूले जनही ५ हजार रूपैयाँ पाए । प्रतियोगितामा कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूल बेष्ट अनुशासित टिम घोषित भयो ।रूपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगिताका विजेता टिमलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, संघका पूर्वअध्यक्षहरू प्रशान्तविक्रम मल्ल र प्रेमकुमार सेन्चुरी, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, मुख्य प्रयोजकक विमल सेन्चुरी, रूपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%