ट्रेंडिंग:

>> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार >> नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, भाग्नु नपराेस्ः प्रधानमन्त्री >> श्रीलङ्कामा नयाँ सभामुखको नियुक्ति >> प्रदेश रंगशालाको काम ९९ प्रतिशत >> केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली >> जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाए >> ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि >> रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने >> यु–१९ एसिया कप: नेपालले दियाे भारतलाई ९५ रनको लक्ष्य >> तेजेश्वरबाबुद्वारा लिखित ‘मै एक मै अनेक’ निबन्ध संग्रहकाे विमोचन सम्पन्न >> भ्रष्टाचार निवारण ऐन संशोधनमा सहमति: निलम्बन प्रक्रिया परिमार्जित >> जुवातास खेल्दा १७ जना पक्राउ, नगद र ओखर बरामद >> रवि लामिछानेको संलग्नता पुष्टि, म्याद थप हुने >> प्रहरी विधेयक मस्यौदामा अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरण रोक्न सकिने प्रावधान >> भीडतन्त्र र अराजकता स्वीकार्य छैनः गृहमन्त्री >> मस्काे बिस्फोटमा मारिए रूसका परमाणु सुरक्षा बल जनरल >> एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने >> पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु >> रवि पत्नी निकिताको गुनासो, ‘श्रीमान हिरासतमा रहेको बेला म माथि मिडिया ट्रायल भयो’ >> खाङग्रानाकाका नागरिक आधारभूत आबश्यकताबाट बन्चित >> त्रिवि कर्मचारीको सेवा सुविधामा सुधारको माग गर्दै धर्ना >> रूसको डरले पोल्याण्डका १८ हजार स्कुलमा हतियार प्रशिक्षण सुरू >> दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगतिः अर्थमन्त्री पौडेल >> स्त्रीः२ र भुलभुलैयाः३ पछि बलिउडको अर्को ठुलो हरर मुभी रिलिज हुदैँ >> जर्मनमा २१ सय बर्ष अघि नै यहुदी बसोबास भएको पुष्टी, कंकालले खोल्यो रहस्य >> सुनको मुल्य सामान्य बढयो, चाँदीको भाउ स्थिर >> प्रेमीकी श्रीमतीलाइ डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी >> रबि लामिछानेलाइ अदालत लगियो, १ अर्ब ५१ करोड बीगो मागसहित मुद्दा दर्ता हुने >> नेपाली महिला क्रिकेटले रच्यो इतिहास

एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) देखि प्लेअफका खेलहरु सुरु हुदैछन्। एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन्।

अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान हुने पहिलो खेलमा एलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्स भिड्नेछन्।

सो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफायर्स खेल्नेछ। पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ।

बुधबारको दोस्रो खेलमा पहिलो क्वालिफायर्स खेल हुनेछ। पहिलो क्वालिफायर्समा शीर्ष स्थानको सुदुरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स खेल्नेछन्। सो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ।

यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ।

दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। दोस्रो क्वालिफायर्स खेल बिहीबार हुनेछ। फाइनल खेल शनिबार हुनेछ।

पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ। यो पुरस्कार रकम नेपाली खेलकुदमा अहिलेसम्मको सर्वाधिक पुरस्कार रकम हो।

एनपीएलको उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?