© २०२३
बुटवल, २ पुस । संस्कारसहितको व्यवहारिक शिक्षाको जोड दिदै आएको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा खेल सप्ताह सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्सब कार्यक्रम अन्तरगत बिद्यार्थीहरुमा अन्तरनिहित खेल प्रतिभा उजागर गर्ने उदेश्यका साथ खेल सप्ताह गरिएको विद्यालयका सहप्राचार्य टीकाराम गौतमले बताए ।
एक समारोहका बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्याल, विद्यालयका सह प्राचार्य टीकाराम गौतमले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । मंसिर २६ गतेदेखि पुस १ गतेसम्म भएको खेल सप्ताहमा २५ वटा इभेन्टहरुमा कक्षा पि जि देखि कक्षा १२ सम्मका करिब १२ सय बिद्यार्थीले भाग लिएको अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्रीले बताईन ।
प्रतियोगिता अन्तरगत सिनियरतर्फ १०० मिटर ,२०० मिटर, ४ बाई १०० मिटर दौड, हाई जम्प, लङ जम्प, भलिवल, बोरा दौड, डोरी तानातान खेल लगायतका खेलहरू खेलाइएको तथा कक्षा पिजीदेखि कक्षा ४ सम्म तातो आलु, इन आउट, बेलुन व्लाष्ट, फिल आउट द बक्स, मेमोरी गेम गणित दौड लगायतका खेल खेलाइएको ब्लक ए ईन्चार्ज कमला पाण्डेले बताईन ।
विद्यालयको ३३ औ स्थापना दिवसको अबसरमा बिजेता बिद्यार्थीहरुलाइ पुरस्कृत गरिने विद्यालय संयोजक शोभारानी प्रधानले बताईन । प्रतियोगिता संचालनमा प्रदीप देवकोटा, नेत्रप्रसाद भट्टराई, सावित्रा पन्थी लगायत शिक्षकशिक्षिकाहरूले विभिन्न खेलमासहजीकरण गरेका थिए ।