ट्रेंडिंग:

>> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता
कालिका मानव ज्ञान माबिको ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस

कालिकामा खेल सप्ताह शुरु

२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार

बुटवल, २ पुस । कालिका मानव ज्ञान माबिको ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पाचौ जिल्लास्तरिय कालिका कप २०८१ को औपचारिक शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले झण्डात्तोलन तथा खेल सामग्री हस्तान्तरण गरि प्रतियोगिताको शुभारम्भ गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै कालिकाको प्रगतिबाट सबैलाई गर्व महसुस गराएको बताए । देशको सबै सामुदायिक विद्यालयमा सरोकारवाला निकायहरु मिले नमुना बन्न सक्ने उदाहरण कालिका बनेको उनले बताए । कालिकाको ब्यवस्थापन अध्ययन गर्न वर्षभरि नै देशभरका धेरै विद्यालयका ब्यवस्थापन समितिहरु आउने हुदा यो सिकाई केन्द्रको रुपमा चिनिएको उनले बताए । ‘आ -आफ्नो स्थानबाट सबैले योगदान दिन जरुरीरहेको छ, सबैले आ आफ्नो भूमिका निर्वाह गर्ने हो भने शैक्षिक सुधार गर्न सकिन्छ, यसमा हातेमालो गर्न जरुरी रहेको छ ।’ –उनले भने

प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव तिरणराज गौतमले खेलकुदको विकासक्रमबारे प्रकाश पार्दै सिन्धुघाटी सभ्यतामा शुरुवात भएको पाईने बताए । पौराणिक कालमा समेत खेलकुद गतिविधिसंग जोडेका प्रशंगहरु समेत पाईने उनले बताए । आधुनिककालमा भने संघसंगठन हुदै खेल विकास भएको छ भने नेपाल पनि अधिकास खेलमा अग्रसर रहेको उनले बताए । शारिरिकमात्र नभई बौद्घिक खेलबाट पनि धेरै जना विश्वमा चिनिनुभएको उनले बताए । खेलाडीमा लुकेको खेलप्रतिभा पहिचान गरि छनौट गर्न सकेमात्र सफलता मिल्ने उनले बताए । खेलकुदमा एकता र शक्ति भएको उनले बताए ।

कार्यक्रममा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले राष्ट्रलाई सन्देश दिने गरि खेलकुद गर्न सफल भएको बताए । खेलकुद अतिरिक्त नभई प्रमुख भएको भन्दै देशको मेरुदण्डको रुपमा खेलाडी भएको उनले बताए । खेलकुदमा सरकारको प्रयाप्त बजेट बिनियोजन जरुरी रहेको उनले बताए । स्वस्थ्य, बाच्न र मनोरन्जनका लागि नभए आधारभुत श्रोतका रुपमा खेलकुद भएको उनले बताए । स्कुल टु ओलम्पिकसम्मको पुलका रुपमा लाग्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले सामुदायिक विधालयमा छुट्टै पहिचान बनाएको कालिका नेपालकै नमुना भएको बताए । शिक्षक, अभिभावक, विधालय ब्यवस्थापन र विधार्थीहरुको सहकार्यबाट उत्कृष्ट बन्न सफल भएको उनले बताए । नगरलाई खेलमय गर्न यस क्षेत्रका सामुदायिक र निजि विधालयको योगदान रहेको भन्दै उनले नगरपनि सहकार्य गरेर गतिविधिहरु अघि बढाएको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले पुस २ देखि ७ गतेसम्म विविध कार्यक्रम गरि मनाउन लागेको बताए । देशकै ठुलो र धेरै विधार्थी भएको विधालयका रुपमा रहेको उनले बताए । शैक्षिक गतिविधिमात्र नभई खेल गतिविधिहरुमा समेत विधालय अगाडी रहेको उनले बताए।विधालय केवल शैक्षिकमात्र नभई साहित्यिक र खेलगतिविधिमा समेत उत्कृष्ट हुदै आएको उनले बताए । विद्यालयमा हाल १३ जना राष्ट्रिय खेलाडीहरु अध्ययरत रहेको उनले बताए । सप्ताहब्यापी कार्यक्रम अन्तरगत होम बहादुर गलामीद्घारा स्थापना गरिएको ५ लाख अक्षयकोषबाट पुस ४ गते कालिका गायन कला प्रतियोगिता हुने उनले बताए ।

कार्यक्रममा प्रशिक्षकबाट मोहन घले र खेलाडीको तर्फबाट सुजाता बुढाथोकीले सपथ लिएका थिए । ओलम्पिक ल्याम्प प्रज्वलन गरिएको छ । कार्यक्रममा रुपन्देही भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, यु –२० राष्ट्रिय भलिबल प्रशिक्षक अर्जुन घिमिरे, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 100% 0% 0%