ट्रेंडिंग:

>> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार >> नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, भाग्नु नपराेस्ः प्रधानमन्त्री >> श्रीलङ्कामा नयाँ सभामुखको नियुक्ति >> प्रदेश रंगशालाको काम ९९ प्रतिशत >> केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली >> जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाए >> ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि >> रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने >> यु–१९ एसिया कप: नेपालले दियाे भारतलाई ९५ रनको लक्ष्य >> तेजेश्वरबाबुद्वारा लिखित ‘मै एक मै अनेक’ निबन्ध संग्रहकाे विमोचन सम्पन्न >> भ्रष्टाचार निवारण ऐन संशोधनमा सहमति: निलम्बन प्रक्रिया परिमार्जित >> जुवातास खेल्दा १७ जना पक्राउ, नगद र ओखर बरामद >> रवि लामिछानेको संलग्नता पुष्टि, म्याद थप हुने >> प्रहरी विधेयक मस्यौदामा अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरण रोक्न सकिने प्रावधान >> भीडतन्त्र र अराजकता स्वीकार्य छैनः गृहमन्त्री >> मस्काे बिस्फोटमा मारिए रूसका परमाणु सुरक्षा बल जनरल >> एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने >> पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु >> रवि पत्नी निकिताको गुनासो, ‘श्रीमान हिरासतमा रहेको बेला म माथि मिडिया ट्रायल भयो’ >> खाङग्रानाकाका नागरिक आधारभूत आबश्यकताबाट बन्चित >> त्रिवि कर्मचारीको सेवा सुविधामा सुधारको माग गर्दै धर्ना >> रूसको डरले पोल्याण्डका १८ हजार स्कुलमा हतियार प्रशिक्षण सुरू >> दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगतिः अर्थमन्त्री पौडेल >> स्त्रीः२ र भुलभुलैयाः३ पछि बलिउडको अर्को ठुलो हरर मुभी रिलिज हुदैँ >> जर्मनमा २१ सय बर्ष अघि नै यहुदी बसोबास भएको पुष्टी, कंकालले खोल्यो रहस्य >> सुनको मुल्य सामान्य बढयो, चाँदीको भाउ स्थिर >> प्रेमीकी श्रीमतीलाइ डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी >> रबि लामिछानेलाइ अदालत लगियो, १ अर्ब ५१ करोड बीगो मागसहित मुद्दा दर्ता हुने >> नेपाली महिला क्रिकेटले रच्यो इतिहास

युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट

२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार

बुटवल, २ पुस । नगरभित्र रहेका युवा प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्यका साथ तिलोत्तमा नगरमा मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोग र तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको हो ।

एक समारोहका बिच नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले पत्रकार सम्मेलन तथा टाईसिट सार्वजनिक गर्दै नगरबाट ग्रासरुट र प्रशिक्षणका धेरैभन्दा धेरै कार्यक्रम गर्ने तयारीमा रहेको बताए । हरेक जसो खेलकुद गतिविधि गर्दा वडास्तरबाट सहयोग हुने उनले बताउदै खेलमा लगानीबाट नै खेलाडी उत्पादनमा प्रोत्साहन हुने बताए ।

कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले नेपाली क्रिकेटको विकासमा रुपन्देहीको महत्वपूर्ण भुमिका रहदै आएको बताए । स्थानियस्तरमा हुने खेल गतिविधि कै कारण युवा प्रतिभा प्रस्फुटन हुदै आएको उनले बताए ।

कार्यक्रममा तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीले प्रतियोगिता बारे प्रकाश पार्दै नगरभित्रका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि कार्यक्रम गर्न लागेको बताए । नगरमा रहेका युवा खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिता हुने उनले बताए । नगरपालिकाबाट ५ लाख रुपैया बजेट बिनियोजन गरिएको प्रतियोगितामा १० लाख रुपैया खर्च हुने उनले बताए । नगरका १७ वडाहरुको सहभागी रहने प्रतियोगितामा ड्युज बलबाट खेलाईने उनले बताए। प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत रुपमा प्लेयर अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, बलर र हरेक खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने उनले बताए । यसैगरि मनोरञ्जन हुने गरि जनप्रतिनिधि, पत्रकार, आयोजकहरुका बिचमा खेल खेलाईने उनले बताए ।

कार्यक्रममा समितिका उपाध्यक्ष कृष्ण भुषालले खेलाडीहरुलाई प्रोत्साहन हुने गरि ड्युज बलबाट खेलाईने भएको बताए । एउटा प्याकेज बनाएर नै हरेक वडाहरुलाई जानकारी गराएर प्राविधिक सहयोगको गर्न लागेको उनले बताए ।

कार्यक्रममा अन्तराष्ट्रिय एम्पायर राम पाण्डेय, समितिका सचिव मिलन भण्डारी, कोषाध्यक्ष दिपेश पाण्डेयले खेल विकासमा सरोकारवालाको सहयोग जरुरी रहेको बताए । नवजिवन खेल मैदानमा पुस १०–१७ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी तिब्र रहेको उनले बताए। प्रतियोगिताको पहिलो खेल वडा नं २ र ३ बिचमा खेल हुनेछ । दिउँसो अर्को खेल ११ र १७ का बिचमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?