© २०२३
काठमाडौं ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (NPL) को पहिलो क्वालिफायर खेल्ने भएका छन्। लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो।
चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन्।
लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो। त्यस्तै, समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो स्थानमा रह्यो। सुदूरपश्चिमसँग पराजित भएपनि कर्णाली चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ।
लिगको अन्तिम खेलमा कर्णाली याक्सले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा इशान पाण्डेले अविजित रहँदै ३८ रन नै बनाए।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी