ट्रेंडिंग:

>> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्
स्वर्गिय प्रसन्न श्रेष्ठ स्मृति प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१

आयोजक खस्यौलीलाई उपाधि

पूर्वगोलकिपर क्षेत्री र यु—१७ खेलाडी घलेलाई सम्मान
३० मंसिर २०८१, आईतवार
३० मंसिर २०८१, आईतवार

बुटवल, ३० मंसिर । स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा रुपन्देहीमा सम्पन्न प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ को उपाधि आयोजक खस्यौली एफसीले चुमेको छ । निक्कै कडा प्रतिस्प्रर्धात्मक खेलमा न्यु होराईजन क्लबलाई सडेन डेथमा पराजित गर्दै खस्यौली च्याम्पियन भएको हो । उपाधिसंगै खस्यौलीले नगद ५१,१११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता न्यु होराईजन भने नगद २५५५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । खस्यौली फुटबल क्लबको आयोजनामा आईतबार मोनालिसा फुटसल एरिनामा भएको फाईनल खेल ३—३ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकर पनि बराबरी भएको थियो । खस्यौलीका गोलकिपर अनुप रानाले विपक्षीको गोल रोक्दै टिमलाई जित दिलाए ।

प्रतियोगितामा हाई स्कोरर घोषित हुदै खस्यौलीका निराजन खत्रीले नगद ५१ सय, कपबाट पुरस्कृत भए । यसैगरि उत्कृष्ट गोलकिपर खस्यौलीकै अनुप राना, उत्कृष्ट खेलाडी सुदिप केसी घोषित हुदै नगद ३१ सय रुपैया, कपबाट तथा उदायमान खेलाडीबाट न्यु होराईजनका ओसिन थापा समेत पुरस्कृत भए ।

एक समारोहका बिच प्रतियोगिताको पहिलो पुरस्कार सौजन्य गर्नुभएका स्वर्गिय प्रशन्न श्रेष्ठको बुबा निरज श्रेष्ठ, क्लबका संरक्षक गोपाल कुमार प्रधान, लन टेनिस संघ रुपन्देही जिल्लाका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, क्लबका अध्यक्ष अमित बहादुर आचार्य क्षेत्री, खेल संयोजक स्वस्तिक श्रेष्ठ, राजु भण्डारीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा क्लबका अध्यक्ष अमित बहादुर आचार्य क्षेत्रीले छोटो तयारीका बिच भएको प्रतियोगिता भब्य र सब्य रुपमा सम्पन्न गर्न सहयोगीको ठुलो योगदान रहेको बताए । प्रतियोगिताको आगामी संस्करण समेत निरन्तरता दिने प्रतिवद्धता उनले जनाए । प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका थिए ।

खेलाडी सम्मान

यसैबिच रुपन्देहीबाट फुटबल शुरु गरेर राष्ट्रियस्तरमा चर्चित बनेका तिलोत्तमा निवासी पूर्व गोलकिपर दिलिप क्षेत्री तथा हालैमात्र यू—१७ राष्ट्रिय प्रतियोगितामा छनौट भएर खेले प्रदर्शन गरेका सुजल घलेलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको छ । हाल क्षेत्री गोलकिपर कोचका रुपमा प्रशिक्षक रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission