© २०२३
काठमाडौं ।
सुदूरपश्चिमविरुद्ध अन्तिममा सम्हालिन नसक्दा पोखरा एभेन्जर्स पराजित भएको छ।
पोखरा एभेन्जर्समाथि नाटकीय जित दर्ता गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेको हो।
आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भयो।
अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जिन नजिक पुगेर पनि पराजित भयो ।
पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हालिन नसक्दा २ बल अगावै १४८ रनमा अलआउट भयो ।
कुगेलेइनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए ।
पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन बनाउँदा रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन बनाए ।
सुदूरपश्चिमका लागि हर्मीत सिंहले पनि ३ विकेट लिए ।
६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।
आजको जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ । अब लिगको अन्तिम खेलमा सुदूरले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।