काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनायो। सुदूरपश्चिमका लागि आरिफ शेखले ४२ रनको महत्वपूर्ण पारी खेले भने नरेश बुढायर ६ रनको अविजित पारीमा रहेका छन्। अन्य प्रमुख योगदान दिने ब्याट्सम्यानमा ब्राण्डन म्याकमुलेन २३, कप्तान दिपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हर्मित सिंह १३, इसान पाण्डे १०, सैफ जेव ९ र स्कट कुग्गेलिज्जेन २ रनमा आउट भए।
पोखरा एभेन्जर्सका लागि कप्तान कुशल भुर्तेलले दुई विकेट लिए भने सागर ढकाल, माइकल लिस्क र रेमन रेफरले समान एक एक विकेट लिए।