ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

आयोजक खस्यौली रेडको विजयी शुरुवात

स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१
२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

बुटवल, २९ मंसिर । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्येश्यका साथ रुपन्देहीमा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल क्लबको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा आयोजक खस्यौली रेडले आर्दश एफसीलाई ३—२ गोल अन्तरले पराजित गरेको हो । खस्यौलीका सुजल पौडेल, कमल सुर्यबंशी र रिजन सुनारले गोल गरे । आर्दश एफसीका मिलन मगरले दुई गोल गरे ।

एक समारोहका बिच समाजसेवी चिरन्जीवी श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रममा आधुनिक समाज डेन्टल प्रालिका योजना प्रमुख माधव सापकोटाले समाज डेन्टलबाट समुदायमा गरेका दन्त सुरक्षा र क्यान्सर सचेतनाका कार्यक्रममा बारे प्रकाश पार्दै गतवर्ष करीब १ लाख भन्दा बढीको समुदायमा पुगेर मुख स्वस्थ्य परिक्षण गरेको बताए । कोभिड संक्रमणकालको स्मरण गर्दै मानव स्वस्थ्यप्रति सचेतना बढाउन खेलकुद जरुरी रहेको उनले बताए ।

कार्यक्रममा क्लबका संरक्षक गोपाल कुमार प्रधान, टिम म्यानेजर महेन्द्र थापा, सदस्य महेश श्रेष्ठले मानव स्वस्थ्य र खेलकुदलाई जोड्न निरन्तर खेलप्रतियोगिता गर्न जरुरी रहेको बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक स्वस्तिक श्रेष्ठले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलप्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगद पुरस्कारको ब्यवस्था रहेको उनले बताए । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए ।

युवा फुटबल खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ विभिन्न खेल गतिविधिमा सहभागी जनाउदै आएको क्लबबाट पहिलो प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष अमित बहादुर क्षेत्रीले बताए । रुपन्देहीमा संगित र खेलकुदमा उदाउदो युवा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा परिवारमा प्रथम पुरस्कार सौजन्य भएको उनले बताए ।

खेलस्थलमा दन्त परिक्षण तथा क्यान्सर सचेतना

रुपन्देहीमा आयोजना भएको स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृति प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ को खेलस्थलमा नै पहिलोपटक दन्त परिक्षण तथा क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । आधुनिक समाज डेन्टल प्रालिको मोबाईल डेन्टल युनिटबाट तिलोत्तमानगरपालिकास्थित मोनालिसा फुटसल एरिना परिसरमा क्यान्सर सचेतनामुलक कार्यक्रम, आधुनिक मोबाईल डेन्टल युनिटसहितको परिक्षण गरिएको हो ।
मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल तथा आधुनिक समाज डेन्टलबाट रुपन्देहीमा लामोसमयदेखी मुखदात क्यान्सर सचेतना अभियान संचालन हुदै आएको छ । खेलाडी, खेलप्रेमी र स्थानियहरु कार्यक्रममा सहभागी रहेका थिए । सेवा, व्यवसायसंगै सामाजिक सेवामा उत्तरदायित्वमा प्रालिबाट निरन्तर कार्यक्रमहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?