© २०२३
बुटवल, २८ मंसिर । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्येश्यका साथ रुपन्देहीमा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल क्लबको आयोजनामा शनिबारदेखी दुई दिने फुटसल प्रतियोगिता हुने भएको हो ।
शुक्रबार एक समारोहका बिच क्लबका अध्यक्ष अमित बहादुर क्षेत्री, क्लब संरक्षक गोपाल कुमार प्रधान, खेल संयोजक स्वस्तिक श्रेष्ठ, टिम म्यानेजर महेन्द्र थापा, सदस्य महेश श्रेष्ठले प्रतियोगिताको टाईसिट तथा कप सार्वजनिक गरेका छन । यस क्षेत्रमा रहेका युवा फुटबल खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ विभिन्न खेल गतिविधिमा सहभागी जनाउदै आएको क्लबबाट पहिलो प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष अमित बहादुर क्षेत्रीले बताए । रुपन्देहीमा संगित र खेलकुदमा उदाउदो युवा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा परिवारमा प्रथम पुरस्कार सौजन्य भएको उनले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५१, १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक श्रेष्ठले बताए । यसैगरि उपविजेता टिमले नगद २५,५५५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलप्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगद पुरस्कारको ब्यवस्था रहेको उनले बताए । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी