ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

वर्षभरिमा करीब १० लाख रुपैयाभन्दा बढी छात्रवृत्ति बाडेको विद्यालयको दाबी, चौथो संस्करणको कालिका रनिङ्गशिल्ड कप खेलकुद, प्रदर्शनी तथा साहित्यिक कार्यक्रमहरु गरिदै
२७ मंसिर २०८१, बिहीबार
२७ मंसिर २०८१, बिहीबार

बुटवल, २७ मंसिर । कालिका मानव ज्ञान माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विविध रचनात्मक कार्यक्रमको तयारी गरिएको छ । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको विद्यालयमा पुस २ गते देखि ७ गतेसम्म गरिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

‘खेलकुद कुम्भका रुपमा चिनिएको जिल्लास्तरीय कालिका रनिङ्गशिल्ड कपको चौथौ संस्करण हुने छ ।’—उनले भने । यसका साथै प्रर्दशनी, सास्कृतिक र साहित्यक कार्यक्रमहरु समेत आयोजना हुने उनले बताए । यस वर्ष ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने उनले बताए । सेक्टर—१ कालिकानगरमा प्रदेशका पुर्व मुख्यमन्त्री तथा सांसद लिला गिरीबाट पुस २ गते बार्षिक उत्सव तथा अभिावक दिवस तथा जिल्ला स्तरिय खेलकुद प्रतियोगिताको शुभारम्भ गरिने छ । सोही दिन ६ हजार विद्यार्थीसहितको पिटी प्रर्दशन, खेलाडीहरुको झाक्री प्रर्दशनी, मार्चपास समेत रहने उनले बताए । पुस २ गते देखि ५ गतेसम्म जिल्ला स्तरिय छात्र/छात्रा भलिवल प्रतियोगिता, कबड्डी प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता अन्तरगत छात्र/छात्रा १००, २००, ४००, ८००, १५०० मिटर दौड, ४ बाई ४००, ४ बाई १०० छात्र/छात्रा रिले दौड प्रतियोगिता हुने छ । भलिबल, कबड्डी, एथलेटिक्सका बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ । खेलहरु विद्यालयको सेक्टर -१ कालिकानगर र सेक्टर २ रामनगरमा सञ्चालन गरिनेछ । पुस ४ गते शेर बहादुर गुरुङ्ग जिल्ला स्तरीय कविता प्रतियोगिता (सेक्टर १ कालिकानगर) मा आयोजना हुने छन् । पुष ४ गते कालिका गायन तारा प्रतियोगिता “मन्दिरा गलामी स्मृती कालिका गायन तारा २०८१”(सेक्टर १ कालिकानगर) आयोजना गरिने छ ।

लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्ती मगरको मुख्य आतिथ्यतामा पुष ६ गते स्व.अरुण पौडेल स्मृती ५००० मीटर दौड प्रतियोगिता, (सेक्टर १ कालिकानगर) विविध छात्रबृत्ति अक्षयकोष वितरण (सेक्टर २ रामनगर) मा आयोजना गरिने भएको छ । यस्तै पुस पुष ७ गते विज्ञान, प्रविधि तथा पुस्तक प्रदर्शनी, मूल समारोह (सेक्टर १ कालिकानगर) मा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कालिका मानवज्ञान मावि वि.स. २०६७ सालदेखि नगर स्तरिय र २०७८ सालदेखि जिल्ला स्तरिय खेल प्रतियोगिता शुरु गरेको इतिहास छ ।

यस विद्यालयले प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदकहरु जिती राष्ट्रको गरिमा उँचो गराउने अब्बल खेलाडीहरु समेत उत्पादन गर्न सफल भएको छ । यहाँ उत्पादिन खेलाडीहरुले “बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा विभिन्न विधामा पदक जितेका छन । कबड्डीमा राहुल अर्याल र दिपेश यादवले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । यसै गरी गण्डकी प्रदेशमा सञ्चालित “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता” मा यस विद्यालयका सलिम देवानले एथलेटिक्सको लङ्जम्पतर्फ आफनो नाममा नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक प्राप्त गरेका थिए ।

कबड्डी छात्रतर्फ सतिस कुर्मी, राहुल अर्याल, अमित राजभार, मुवारक मियाले स्वर्ण पदक प्राप्त गरेको थिए । कबड्डी छात्रातर्फ आर्जु क्षेत्री र सुजाता बुढाथोकीले सहभागिता जनाएका थिए । यस्तै आईटिएफ तेक्वान्डोतर्फ यसै विद्यालयकी रुपा बुढाथोकीले रजत पदक प्राप्त गर्न सफल भएकी थिइन । नवौँ राष्ट्रिय खेलकुदमा यस विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

जिल्लाभरिका विद्यालयहरुबिच सकारात्मक र मित्रवत् प्रतिस्पर्धाको लागि शिक्षासँगै खेलकुदको माध्यमबाट पनि प्रतिभा पहिचान र समग्र राष्ट्रको गरिमा बढाउनको लागि कार्यक्रमहरुको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए । विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई यो वर्ष करीब १० लाख रुपैया बराबरको छात्रवृत्ति वितरण गरेको उनले बताए । सबैको साथ र सहयोगबाट कालिका देशमै सर्वोच्च स्थान प्राप्त गर्न सफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?