ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

समृद्धि र विकासका लागि एमालेको सरकार आवश्यकः पौडेल

२० कार्तिक २०७९, आइतबार
२० कार्तिक २०७९, आइतबार

बुटवल, २० कात्तिक ।

नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुकको समृद्धि र भौतिक पुर्वाधार विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् । सडक यातायात, उर्जा, कृषि, सिंचाईलगायत क्षेत्रको पूर्वाधार विकासबाट मात्रै मुलुकको समृद्धि संभव भएको कुरामा जोड दिँदै बिगतमा एमाले सरकारले अघि सारेका योजनाहरु पुरा गर्न तथा स्थायी सरकारका लागि एमालेलाई बिजयी बनाउनु पर्ने नेता पौडेलको भनाई छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्य पदका लागि उम्मेदवार समेत रहेका नेता पौडेलले रुपन्देही जिल्लालाई विकासको रोल मोडलका रुपमा अघि बढाउने कुरा उल्लेख गर्दै एमालेको सरकार गठन भएपछि बुटवलको सुकुम्बासी समस्या समाधान गरिने पनि बाचा गरेका छन् । बुटवल १२ को तामनगर लगायतका विभिन्न स्थानमा आयोजना गरिएका कोण सभाहरुलाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले मुलुकको आर्थिक विकासका लागि नेकपा एमालेसँग मात्र स्पष्ट भिजन रहेकोले पनि एमालेलाई जिताउन आग्रह गरेका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ्ग मार्ग निर्माण गरिने, तिनाउ नदीमा सिग्नेचर पुल बनाउने, तिनाउ कोरिडोरको निर्माण गर्ने, बुटवल–नारायणगढ सडक यथाशीघ्र सम्पन्न गर्ने, बुटवल–पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नती गर्ने र कालीगण्डकी–तिनाउ डाईभर्सन योजना अघि बढाउने लगायतका कार्य सम्पन्न गर्नका लागि आफुले जित्नु पर्ने दावी समेत उनले गरेका छन् ।

त्यस अवसरमा रुपन्देही २ (२) बाट प्रदेशसभाका लागि उम्मेदवार लुम्बिनी प्रदेशका पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले परमादेशी गठबन्धन सरकारका कारण मुलुकमा अन्यौलता र अस्थिरता उत्पन्न भएको आरोप लगाए । राप्रपाका नेता मृगेन्द्रकुमार शेरचनले मुलुकलाई राजनैतिक निकास दिन र विकास दिन एमाले नेतृत्वको विपक्षी गठबन्धनले जित्नु पर्ने तर्क अघि सारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?