© २०२३
काठमाडौं, २७ मंसिर ।
आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालका प्रधानसेनापति अशोकराज सिग्देललाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा प्रधानसेनापति सिग्देल दुई दिनअघि भारतको नयाँ दिल्लीमा पुगेका हुन्। हिजो उनले भारतीय सेनाको उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए।
प्रधानसेनापति सिग्देलका साथमा उनकी धर्मपत्नी नीता क्षेत्री सिग्देल सहित नौ सदस्यीय भ्रमण टोली भारत भ्रमणमा रहेको छ। भ्रमणका क्रममा भारतीय उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत राखिएको छ।
प्रधानसेनापति सिग्देल र उनका भ्रमण दल ३० मंसिरमा स्वदेश फर्कने कार्यक्रम रहेको छ। सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीलाई कायममुकायम प्रधानसेनापतिको कार्यभार दिइएको छ।