ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता हुने

२५ मंसिर २०८१, मंगलवार
२५ मंसिर २०८१, मंगलवार

बुटवल, २५ मंसिर ।
बुटवलमा प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं. ७ को आयोजनामा यही मंसिर २६ गतेदेखि ३० गतेसम्म सो प्रतियोगिता हुने भएको हो ।
आयोजकले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मगर समुदायको मौलिक पर्व मंसिर पूर्णिमा बाबैबजै पूजाको अवसर पारेर भलिबल प्रतियोगित गर्न लागेर्को जानकारी दिएको हो । प्रतियोगितामा पथम हुनेलाई नगद ३० हजारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल मगर युवा संघ बुटवल ७ का इकाई समिति अध्यक्ष कुमार रानामगरले बताए ।

यस्तै प्रतियोगितामा द्धितीय हुनेले २० हजार, तृतीयले १५ हजार र सान्तन्वा हुनेलाई नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । अध्यक्ष रानामगरका अनुसार वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट डिफेन्सर, वेष्ट सेन्टर, वेष्ट सर्भर र वेष्ट ब्लकर लगायतमा विधामा उत्कृष्ट हुनेलाई नगद २ हजार पुरस्कार प्रदान गरिने छ । बुटवलको बुद्ध ग्राउन्डमा हुने प्रतियोगितामा रूपन्देही भित्रका १८ टिमहरूले भाग लिने अध्यक्ष रानाले बताए ।

टिम दर्ताका लागि ३ हजार शुल्क निर्धारण गरिएको उनले बताए । छोटो समयमा नै प्रतियोगिता गर्ने तयारी रहेकाले यस पटक पुरस्कारको राशि कम भएता पनि आगामी वर्षदेखि पुरस्कार राशी वृद्धि गर्ने संरक्षक कृष्ण थापा क्षेत्रीले बताए । साथै आगामी वर्षबाट रनिङ शिल्ड प्रतियोगिता गर्ने गरी अहिलेबाट नै आफुहरू लाग्ने थापा क्षेत्रीले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष बसन्ती साट्टीघरेले प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता गरिन् । प्रतियोगितालाई सम्पन्न गर्नका लागि ६ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष कुमार रानामगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?