Butwal Today

इराकले खालि गरायो सिरियामा रहेको आफ्नो दूतावास, कर्मचारी पठायो लेबनान

२३ मंसिर २०८१, आइतबार
अ+
अ-

बग्दाद, २३ मंसिर ।

इराकले सिरियामा रहेको दूतावास खाली गरेको छ ।

इराकी राज्य समाचार एजेन्सीका अनुसार उसले त्यहाँ कार्यरत सबै कर्मचारीलाइ लेबनान लगेको छ ।

‘इराकले सिरियामा रहेको आफ्नो दूतावास खाली गरेको छ र कर्मचारीहरूलाई लेबनानमा सारिएको छ,’ इराकी राज्य समाचार एजेन्सीले आइतवार रिपोर्ट गरेको छ ।

विद्रोहीहरूले राष्ट्रपति बसर असदलाई अपदस्थ गरी राजधानीको नियन्त्रणमा लिएको केही घण्टा पछि इराकले आफ्नो दुतावास खाली गरेको हो ।  तर, अचानक खाली गर्नुको कारण के हो रु त्यो भने केही सार्वजनिक गरिएको छैन।