ट्रेंडिंग:

>> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित

लुम्बिनी अंकविहीन

२३ मंसिर २०८१, आइतबार
२३ मंसिर २०८१, आइतबार

काठमाडौं, २३ मंसिर ।
लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा निरन्तर तेस्रो हार बेहारेको छ ।
लुम्बिनीले हारको श्रृंखलालाई तेस्रो खेलमा रोक्न सकेन । लुम्बिनी शनिवार सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो । लगातार तेस्रो खेल हार्ने पहिलो लुम्बिनी एक्लो टोली हो। सुदूरपश्चिम लगातार तेस्रो जितका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
१ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र जोड्यो ।
लुम्बिनीका विवेक यादवले नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक विवेकले ४१ बलमा पूरा गरेका थिए । सन्दीप जोराले २६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे ।
दिनेश अधिकारीले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पहिलो दुवै खेलमा खराब बलिङ तथा ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा लुम्बिनीले यो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले समान ३ तथा स्कट कुगेलेनले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको बलियो योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि सेफले सर्वाधिक ९० रन जोडे । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । रेमन सिमोण्डको बलमा सेफ उमुक्त चन्दबाट समातिए । सेफ आउट भए लगत्त क्रिजमा आएका आरिफ शेख अर्को बलमा नै आउट भए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए । ब्रेन्डन मक्मेलनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन जोडे । उनी विवेक यादवको बलमा साद विन जाफरको बलमा क्याच आउट भए ।
विनोद भन्डारी १३ बलमा १७ रन जोड्दै लुम्बिनीका कप्तान रोहितको बलमा क्याच आउट भए । विनोद ठूलो सट खेल्ने प्रयासमा बाउन्ड्री नजिक सन्दीप जोराबाट समातिए । लुम्बिनीका लागि रेमन सिमोण्डले २ तथा रोहित र विवेकले समान १ विकेट लिए ।
लुम्बिनी अंकविहिन छ । यसअघि टोली विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
शीर्ष स्थानको सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । जनकपुर बोल्ट्सले पनि यसअघि लगातार ३ खेल जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?