Butwal Today

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका ओपनर सैफ जैवको अर्धशतक

२२ मंसिर २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका अ‍ोपनर सैफ जैवले अर्धशतक पूरा गरेका छन्।

उनले ११ .१ ओभरमा ३९ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १२ ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ। १३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?